२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना



अ+ अ-

काठमाडौँ। नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई रु पाँच हजार जरिवाना गरेको छ ।

ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो ।

यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुमगन गरिरहेको स्पष्ट पारेको छ ।