२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले मुलुकको राजनीतिक वृत्तमा उर्जा संचार गरेको जनाउनु भएको छ ।

आज उच्च अदालत तुल्सीपुरले पार्टी सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ –

आज उच्च अदालत तुल्सीपुरले पार्टी सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरेको छ । सम्मानित अदालतको आदेशप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । सभापति लामिछानेको रिहाइका लागि निरन्तर सदभाव,शुभेच्छा व्यक्त गर्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनहरूप्रति हार्दिक आभार प्रकट गर्नेछौं ।

सभापतिको रिहाइले न्यायालयप्रतिको आस्थालाई पुन: ताजगी दिनुकासाथै मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ । अब निर्धारित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकलाई लयमा फर्काउन उहाँको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक भूमिका निभाउनेछ ।