काठमाडौँ। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार”द्वारा सम्मान गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो।
विपद् व्यवस्थापन तथा उद्धारमा गणले पु¥याएको योगदानको कदरस्वरुप महानगरपालिकाले रु एक लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो । रासस










