काठमाडौं। नेकपा एमालेको जारी ११ औँ महाधिवेशनको मतदान सुरु भएको छ ।
आज बिहान ८ बजेका लागि तोकिएको महाधिवेशनको मतदान केही बेर अघि भृकुटीमण्डपमा सुरु भएको हो ।
यस महाधिवेशनबाट अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको नयाँ नेतृत्व चयन हुनेछ । पार्टीभित्र आन्तरिक सहमति हुन नसकेपछि मतदानबाटै नयाँ नेतृत्व चयन गर्नेगरी मतदानको तयारी भएको थियो ।
तर हिजोदेखि मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म मतदान हुन सकेको थिएन । भोटिङ मेशिनबाट मतदानको प्रक्रिया मिलाइएकोमा प्राविधिक कारणले हिजो नै मतदान हुन सकेको थिएन ।
पार्टीको अध्यक्ष र अन्य पदाधिकारीमा पनि दुई प्यानलमा उम्मेदबारी दिइएको छ । अध्यक्षमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।
साथै पदाधिकारीमा पनि उनीहरुका दुवै प्यानल रहेका छन् । अध्यक्ष पछिको मुख्य आकर्षक एवं कार्यकारी पद महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे उम्मेदबार छन् ।















