२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित



अ+ अ-

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । एक सय ३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए ।

त्यसअघि नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।

बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए । नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।