२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नुको परिकारमा रमाउँदै पर्यटक



अ+ अ-

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो ।

होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिनुभयो “यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्”, उहाँले भन्नुभयो, “सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।”

होमस्टेमा आउनेमा बढी स्वदेशी हुने गरेको उनीहरुले प्रायःजसोले सिस्नोको स्वाद लिने र फर्किदा सिस्नुको पीठो लैजाने गरेको सञ्चालक मल्लले बताउनुभयो । “यहाँ आउने प्रायः नेपाली पर्यटक बढी हुने गरेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय सिस्नुको स्वाद चाख्छन् र सिस्नु पीठो घरमा पनि लैजान्छन् ।”

यहाँ आउने विदेशी पर्यटकले इन्टरनेटको माग बढी गर्ने गरेका छन् । सो सुविधा नभएकोले यहाँ आउने विदेशीले लामो समयसम्म बस्न नमान्ने वडाध्यक्ष रजबहादुर मल्लले जानकारी दिनुभयो । “होमस्टेमा विदेशी पर्यटक पनि आउँछन्”, उहाँले भन्नुभयो, “विदेशी इन्टरनेटको माग बढी गर्छन् । यहाँ इन्टरनेट नहुँदा धेरै बस्न मान्दैनन् ।”

होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले भन्नुभयो, “नेपाली पर्यटकले इन्टरनेटको खासै माग गर्दैनन्”, उहाँले भन्नुभयो, “मोबाइल फोन पनि राम्रो काम नगर्ने गाउँमा विदेशी पर्यटकहरुले इन्टरनेटको माग बढी गर्छन् ।”