काठमाडौँ । भक्तपुरको सल्लाघारीमा मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको नेकपा एमालेको बन्दसत्रअन्तर्गत दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन हुँदैछ ।
विद्युतीय मतदान प्रक्रियाबाट मतदान हुने भएकाले उम्मेदवारको विवरण ‘सेटअप’ गर्न सयम लाग्ने भएकाले मतदान भने पुस १ गते मात्रै हुनेछ ।
आयोगले मतदानका लागि ८० वटा मेसिन तयार गरेको छ । एमालेको महाधिवेशनमा मनोनित सहित दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।











