५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी मनोनयन



अ+ अ-

काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ ।

आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्छन् ‘उम्मेद्वारी दर्ता बिहान १०.३० देखि दिउसो १.३० बजेसम्ममा सकिनेछ । ’

उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ । उम्मेद्वारका विरुद्ध उजुरी दिने समय २.३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वार विरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

हिजो देखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।




भर्खरै