२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी



अ+ अ-

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । उनले खेलको ५२औँ मिनेटमा रेनुका नगरकोटिको पासमा गोल गरेकी हुन् । जितसँगै एपिएफले तीन खेलबाट सात अङ्क बटुलेको छ ।

एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलअन्तरले हराएको थियो ।

त्यस्तै दोस्रो खेलमा एपिएफले भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

अब नेपालले भारतको इस्ट बङ्गालसँग आगामी पुस २ गते खेल्नेछ ।