८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको विधानअनुसार काठमाडौँ क्षेत्र नं ६ बाट सिफारिसका लागि आएका नामलाई आज जिल्ला समितिमा सिफारिस गरिएको काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिसकेकाले सोहीअनुसार कांग्रेसले क्षेत्र, जिल्ला र प्रदेशसँग आकाङ्क्षीको नाम माग गरेको हो । रासस