१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले तीन ठूला परिवर्तनका यी उपलब्धीहरुलाई जोगाएर राजनितिक दल, पराम्परागत शक्ति र नवपुस्ताबीच सझजदारी गर्नुको विकल्प नभएको बताउनुभएको हो ।

उहाँले २००७, २०४६ र २०६२-०६३ का उपलब्धीहरु प्रजातन्त्र, बहुदलिय व्यवस्था र समानुपातिक समावेशीतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अगाडी बढाउन सकिने उल्लेख गर्नुभयो । हाल मृत अवस्थामा रहेको संविधानलाई व्युताएर मुलुकमा थप जोखिम निम्त्याउन नहुने उहाँको भनाई छ । उहाँले निषेधको राजनिति, चरम भ्रष्टाचार, वेरोजगारी, संवैधानिक अंगहरुमा गरिएको दलियकरण लगायतका कारण भदौ २३ र २४ गतेको विद्रोह भएको बताउनुभयो । अव देशलाई सबैले जित्नेगरि अगाडी बढाउनुपर्नेमा जोड दिँदै उहाँले एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुन नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको निर्णाकत्व संकटमा परेको, नेपाल गम्भिर रुपमा भुराजनितिक चक्रव्युहमा फसेको यस्तो बेला जुन नेकपा एमालेको महाधिवेशन भईराखेको छ । यसले नेतृत्व चयनको कुरामा मात्रै होईन, यो महाविधेशनले देशलाई केन्द्रमा राखेर सबै राजनितिक दल र शक्तिहरु अटाउने, कसैले नहार्ने देशले जित्ने एउटा दिशा निर्धारण गर्न सफल हुनेछ भन्ने म शुभकामना व्यक्त गर्न गर्दछु र म त्यो अपेक्षा पनि गर्दछु । हामीले अहिले संविधान संविधान भनिराखेका छौँ । हाम्रा आ–आफ्ना राजनितिक दर्शन र मान्यताहरु रहेका छन् । कसैले यो संविधान विना यो देश नै चल्दैन भन्छौँ होला, कसैले पहिलेदेखि नै यो संविधान अपूर्ण छ, यो संविधान भन्ने चीज गीता, बाईवल, कुरान होईन, यो फेर्न नसकिने, यो संसोधन गर्न नसकिने होईन । यसलाई फेर्नुपर्न, संसोधन गर्नुपर्छ, मिलाएर जानुपर्छ, हामीले भनिराखेका थियौँ । वास्तवमा अहिले संविधान कहाँ छ ? संविधान त मरिसकेको छ । त्यसकारणले त्यो संविधानलाई जर्वजस्त व्युताएर देशलाई थप दुर्घटनामा लैजाने भन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ । यो २३ र २४ गतेको त्यसलाई विद्रोह भन्नुहोस्, विध्वंस भन्नुहोस्, देशले जुन अकल्पनिय र अपूरणीय क्षति व्यहोर्नप¥यो । त्यसमा कसैको योजना र उक्साहटले पनि काम गरेको थियो होला । तर कसैको उक्साहट र योजना मात्रै होईन, हामीले ३०÷२५ वर्षदेखी अंगिकार गरेको निषेधको राजनिति, चरम भ्रष्टाचार, वेरोजगारी, संवैधानिक अंगहरुमा अख्तियार, अदालतदेखी लिएर सर्वत्र गरिएको दलियकरण, त्यो पनि कारण थियो । त्यसको पृष्ठभुमीका यस्ता कामहरु भएका छन् । यस्ता आक्रोश विद्रोहमा परिणत भएका छन् । त्यसकारण हामीले देशलाई केन्द्रमा राखेर अब कसैले हार्ने, कसैले जित्ने होईन, देशले जित्ने एउटा निर्णय गर्नुपर्छ । त्यस्तो निर्णय गर्दाखेरी अव परिवर्तन गर्दाखेरी ३ वटा कुराहरुलाई आधार मान्नुपर्छ । नेपालका ठूला राजनितिक परिवर्तनहरु २००७ साल, २०४६ साल र २०६२/०६३ ती परिवर्तनहरुमा हामी कोही जन्मिएको थिएनौँ होला, कसैको कुनै परिवर्तनमा हाम्रो सहभागिता थिएन होला, ती परिवर्तनमा हामी कसैको सर्मथन थिएन होला, तर ती तीन परिवर्तनका तीन महत्वपुर्ण उपलब्धीहरु २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलिय व्यवस्था र २०६२/०६३ को समावेशी र समानुपातिकता यी तीनवटा विषयलाई जोगाएर अब देशमा नयाँ सझदारी कायम गर्नुपर्छ ।’ 

उहाँले सबै राजनितिक दलहरुलाई देश बनाउन एकजुट हुन आग्रह समेत गर्नुभयो ।