५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरुले चाहेको बताउनुभएको छ ।

११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरुलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरुले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताउनुभएको हो ।

उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैँले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपार्टी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क समेत गर्नुभयो । उहाँले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुक्र्यौं । हामी यसको विपक्षमा छौ । कार्यकर्ता आफैले हरेक फिल्ड नेता, कार्यकर्ता आफैले आफ्नो नेता आफैँ मूल्यांकन गरेर छान्ने पद्धति र सामूहिक ढंगले पार्टीलाई लिएर जाने पद्धति हामी स्थापित गरौै । यो परिपाटीलाई हामीले पार्टीको आधारभुत परिपाटीको रुपमा विकास ग¥यौँ भने यो पार्टीलाई कसैले छुन सक्दैन । कसैले हल्लाउन सक्दैन । यही लडाई यो महाधिवेशनको लडाईँ हो । यो लडाईमा हामी जित्न सकौ । जित्नेगरी अगाडि बढौं ।’

उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।