२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्टलक्ष्मीकाे आक्रोश – ‘केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति हाेइन’



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको प्रशंगमा शाक्यले जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भएपनि केक काटेर मनाउने कुरा अहिले सम्म आफुलाई थाहा नभएको बताउनुभयो ।

नेकपाको बाग्मती प्रदेश स्तरिय प्रशिक्षण भेलामा उहाँले जन्मदिनमा केक काट्नुको सट्टा बत्ति बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताउनुभयो । ‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन् । होइन कामरेड यो । त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो । नेपाल भनेको आमा हो । मैले यति मात्रै भन्न चाहे ।’ केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ति बालेर र केक काटेर नमनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

‘तपाईर्लाइ काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला । बत्ती ननिभाइ दिनुहोला । बत्ति बाल्दिनुहोला उज्यालोको भविष्यका लागि हो त्यो । जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति ग¥योँ भनेर देखाउने कुरा हो । त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ति बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजि गरौँ’, उहाँले भन्नुभयो । व्यक्ति जो सुकै भएपनि नेपाली संस्कार र सोचहरु सामन्ति चिन्तन र गलत ढंगबाट विकसित भएको उहाँले बताउनुभयो । उहाँले सत्तामा पुगेपछि जनताको चाहाना पुरा गर्नै पर्ने बताउनुभयो ।

जनताको भवना आत्मसाथ गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सामन्ती व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्रमा भएपनि सोच, कार्यशैली र व्यवहार सामन्ती चिन्तन र सामन्ती अवशेसबाट ग्रसित रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किन परिवर्तन हुन सकेनौँ । किन गणतन्त्रको नेता बन्न सकिएको छैन् । किन संघीय लोकतान्त्रीक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन् । यसो भन्दा धेरे भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छ । धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु ।’

उहाँले सामन्ति राजतन्त्रलाई ढालेर नेतृत्वमा आएपछि सामन्ति चिन्तन खोजेर निर्मुल गर्ने की नगर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक विचलन सुरु भएको छ । नैतिक धरातल कमजोर भएको छ । हाम्रो नैतिक धरालत कमजोर भएको छ ।’

उहाँले सत्तामा बसेर अनेक चलखेल गर्ने काम भएको भन्दै आपत्ति समेत जनाउनुभएको छ । ‘सत्तामा बसेर अनेकौ चलखेल गर्ने कामतिर हामी लाग्छौँ । लेनदेनको चलखेल भित्र लाग्छौँ । किन यस्तो भइरहेको छ । बुझ्न सकिएको छैन । जनताले यस्तो चाहेको होइन्’, उहाँले भन्नुभयो ।