१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

अष्टलक्ष्मीकाे आक्रोश – ‘केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति हाेइन’

अष्टलक्ष्मीकाे आक्रोश – ‘केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति हाेइन’
अ अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको प्रशंगमा शाक्यले जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भएपनि केक काटेर मनाउने कुरा अहिले सम्म आफुलाई थाहा नभएको बताउनुभयो ।

नेकपाको बाग्मती प्रदेश स्तरिय प्रशिक्षण भेलामा उहाँले जन्मदिनमा केक काट्नुको सट्टा बत्ति बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताउनुभयो । ‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन् । होइन कामरेड यो । त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो । नेपाल भनेको आमा हो । मैले यति मात्रै भन्न चाहे ।’ केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ति बालेर र केक काटेर नमनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

‘तपाईर्लाइ काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला । बत्ती ननिभाइ दिनुहोला । बत्ति बाल्दिनुहोला उज्यालोको भविष्यका लागि हो त्यो । जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति ग¥योँ भनेर देखाउने कुरा हो । त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ति बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजि गरौँ’, उहाँले भन्नुभयो । व्यक्ति जो सुकै भएपनि नेपाली संस्कार र सोचहरु सामन्ति चिन्तन र गलत ढंगबाट विकसित भएको उहाँले बताउनुभयो । उहाँले सत्तामा पुगेपछि जनताको चाहाना पुरा गर्नै पर्ने बताउनुभयो ।

जनताको भवना आत्मसाथ गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सामन्ती व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्रमा भएपनि सोच, कार्यशैली र व्यवहार सामन्ती चिन्तन र सामन्ती अवशेसबाट ग्रसित रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किन परिवर्तन हुन सकेनौँ । किन गणतन्त्रको नेता बन्न सकिएको छैन् । किन संघीय लोकतान्त्रीक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन् । यसो भन्दा धेरे भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छ । धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु ।’

उहाँले सामन्ति राजतन्त्रलाई ढालेर नेतृत्वमा आएपछि सामन्ति चिन्तन खोजेर निर्मुल गर्ने की नगर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक विचलन सुरु भएको छ । नैतिक धरातल कमजोर भएको छ । हाम्रो नैतिक धरालत कमजोर भएको छ ।’

उहाँले सत्तामा बसेर अनेक चलखेल गर्ने काम भएको भन्दै आपत्ति समेत जनाउनुभएको छ । ‘सत्तामा बसेर अनेकौ चलखेल गर्ने कामतिर हामी लाग्छौँ । लेनदेनको चलखेल भित्र लाग्छौँ । किन यस्तो भइरहेको छ । बुझ्न सकिएको छैन । जनताले यस्तो चाहेको होइन्’, उहाँले भन्नुभयो ।