१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

‘पार्टी विघटन र आन्दोलन विसर्जन हुने खतरा छ,’ माधव नेपाल

‘पार्टी विघटन र आन्दोलन विसर्जन हुने खतरा छ,’ माधव नेपाल
अ अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताउनुभएको छ । नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रश्ट हुनुपर्ने बताउनुभयो ।

kf6L{ Pstf ;[b[9Ls/0f tyf hg;DaGw lj:tf/ sfo{qmddf ;xefuLx? sf7df8f}F, !% kmfu’gM g]skf jfUdtL k|b]z ;ª\u7g sld6Låf/f sf7df8f}Fdf laxLaf/ cfof]lht kf6L{ Pstf ;[b[9Ls/0f tyf hg;DaGw lj:tf/ cleofg sfo{qmddf ;xefuLx? . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

उहाँले भन्नुभयो ‘पत्रपत्रिकामा पढेर तपाइँहरुको दिमाग खराब भएको छ, कतै यो पार्टी भताभुङ्ग हुने त होइन, कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिशामा जाने त होइन ? यस्ता प्रश्नहरुपनि नउठने गरेका होइनन् । उठ्छन् र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ । ’ नेता नेपालले यो आन्दोलनलाई विसर्जनको दिसामा जान र पार्टीलाई विघटनको दिसामा जान नदिने बताउनुभयो । ७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टी भित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टी भित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

नेता नेपालले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकतावद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताउनुभयो । एकिकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भएपनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताउनुभयो । उहाँले एकिकरणको काममा विलम्ब भएकोले छिटो भन्दाछिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभुति हुने बताउनुभयो ।

उहाँले एकता संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताउनुभयो । उहाँले देशमा कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योज्ञता प्रदर्शन गर्न सकनुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको सिकार बन्न नहुने बताउनुभयो ।