१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

‘दुर्गम ठाउँमा दशाैं हजार मान्छेले उत्सव मनाए, पत्रकारहरु धुरुधुरु रोए’

‘दुर्गम ठाउँमा दशाैं हजार मान्छेले उत्सव मनाए, पत्रकारहरु धुरुधुरु रोए’
अ अ+ अ-


काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताउनुभएको छ । बाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाउनुभएको हो ।

प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अाेली । तस्वीरः रासस

पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भएपनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताउनुभयो । ‘पार्टीका विभिन्न कमिटीमा बसेका छन् । विभिन्न कमिटीबाट सञ्चालित छन् । विभिन्न कमिटीका नेताहरु छन् । लेख्ने बेलामा, छाप्ने बेलामा पार्टीका विरुद्ध खोइरो खनेर छापेका छन् । त्यो कुनै महान काम होइन । त्यस्ता कुरा पार्टीले समयक्रममा मूल्याङ्कन गर्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताउनुभयो । ‘त्यहाँ विजुली पुगेको लेख्दैनन् । त्यहाँ पानी पुगेको लेख्दैनन् । त्यहाँ पुस्ताैंदेखि मान्छे काकाकुल बनेको थिए त्यो लेख्दैनन् । पानीको धारा घरघरमा खसेको देखेर दिदीबहिनीहरु नाचे त्यसमा चिन्ता छ । वारीपट्टी मेरो घर छ । मेरो जन्म थलो । धेरै वर्ष पछि म पुगे आफ्नो गाउँ । गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाजागाजा सहित बाटो शिलान्यास गराए । म पुग्दा पानी, विजुली, बैंकको शाखा लिएर गएँ । खुशी मनाउनु स्वाभाविक हो । त्यो दुर्गम ठाउँमा १० औं हजार मान्छेले उत्सव मनाए पत्रकारहरु धुरुधुरु रोए ।’

प्रधानमन्त्री ओलीले मान्छेहरुले खुसी भएर केक, खाजा लगायतका परिकार लिएको उल्लेख गर्दै भन्नुभयो, ‘मान्छे खुसी भएर कसैले केक ल्याए कसैले खादा ल्याए कसैले के गरे । होइन म नेवार ज्वाई परे ऐँला मात्रै ल्याउ भन्नुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रबाद खोजेको टिप्पणी गनुृभएको छ । ‘कांग्रेसले भारतले नाकाबन्दी गर्दा, नाकाबन्दी लगाउँदा ग्यास नहुँदा, चुलो नबल्दा आफै भोकै बस्दा समेतको स्थितिको कुरा गर्न समेत नसक्ने अहिले केकमा राष्ट्रवाद । कांग्रेस केक राष्ट्रवादी हो’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी लागेको बेला बोलन नसक्ने, नाकाबन्दी बेठिक हो भन्न नसक्ने, नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने अहिले केक राष्ट्रवादी । केकमा देख्ने राष्ट्रवाद ।’ प्रधानमन्त्री अ‍ोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको समेत बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू संसदबाट नभागेको बताउनुभएको छ । बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘संसदबाट भागेको होइन् । संसदमा दुइ तिहाइ ल्याएको संसदको नेता नेता हुँ म । भाग्ने कुरा हुन्छ ? नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागे भन्ने के शब्द बोल्या ?’

प्रधानमन्त्री अ‍ोलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्ने बताउनुभएको छ । केही दिनपछि मृगौला प्रत्यारोपण गर्ने उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘किड्नी फेरेको ५ दिन अस्पताल बस्छु । छैटौँ दिनबाट काम गर्छु । विरामी को हुँदैन र । म पनि अलिअलि विरामी हुन्छु । विरामी भएका बेला पनि काम गर्ने बानी परेको छ । किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु ।’ उहाँले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने पनि बताउनुभयो ।