२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी अतिरिक्त महानिरीक्षकमा तीन जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा तीन जनाको नाम सिफारिस गरेको छ ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षकहरु तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाललाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

हाल लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, क्षेत्री महानगरीय प्रहरी कार्यालय रानीपोखरी र पाल प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा कार्यरत छन् ।