१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

प्रधानमन्त्री ओलीद्वारा पूर्वमन्त्री बास्काेटाकाे बचाउ, भन्छन् – कहाँ छ प्रमाण?

प्रधानमन्त्री ओलीद्वारा पूर्वमन्त्री बास्काेटाकाे बचाउ, भन्छन् – कहाँ छ प्रमाण?
अ अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गर्नुभएको छ । पार्टीको बागमती प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बास्कोटामाथि झुठो आरोप लगाइएको भन्दै बताउ गर्नुभएको हो । सरकारले देशमा विकास र सुशासनका लागि काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘के निहुँ पाउँ कनिका उठाउँ’, जस्तो गरेर बास्कोटामाथि झुठो आरोप लगाएको बताउनुभयो ।

पूर्व संचार मन्त्री गाेकुल प्रसाद बास्काेटा । फाइल तस्वीर

स्वीस कम्पनीले अडियो सार्वजकि गर्ने विजय मिश्र आफ्नो प्रतिनिधि (एजेण्ट) नभएको र झुठ भएको भनिसकेकोले यसमा कुनै सत्यता नभएको उहाँले बताउनुभयो । आरोपमा सत्यता नभए पनि आफ्नो विषयमा प्रश्न उठेपछि बास्कोटले राजीनामा दिएपछि स्वीकृत भएको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बाँस्कोटाले राजीनामा गर्नुभयो हामीले राजीनामा स्वीकृत गरेका छौं । उहाँले मेरो होइन मेरो आवाज होइन भनिरहनुभएको छ । त्यसमा कुनै प्रमाण नै छैन् । स्वीसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यो कम्पनीको पनि प्रतिनिधि होइन त्यो सरकारको पनि प्रतिनिधि होइन भनेर । फ्रड हो भनेर स्वीसले भनिसकेको छ त्यसको कुनै सत्यता पुष्टि भएको छैन । आफ्नो नाउँमा बात लागेको हुनाले राजिनामा गरेको तर भ्रस्टाचार गरेको प्रमाणित भएझै गरेर आएको छ ।’’

प्रधानमन्त्री ओलीले बास्कोटा दोषी प्रमाणित भएमा कारावही भोग्ने बताउनुभयो । दोष अनुसारको कारवाही हुने उल्लेख गर्दै आफ्नो नाममा पनि उजुरी परेको सुनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोष प्रमाणित नहुँदै आरोप पनि चलेको छैन, मुद्दा पनि चलेको छैन मेरो पनि उजुरी हालेको छ भन्ने सुनेको छु । मेरो पनि नाउँमा उजुरी हालेको छ भने त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो । अहिले हामी सुशासनको पक्षमा स्वच्छताकाे पक्षमा काम गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले सरकारले कब्जा भएका जग्गा फिर्ता लिने, भ्रष्टाचारी माथि कारवाही गर्ने र गिरफ्तार गरी मुद्दा चलाउने काम अख्तियारले गरिरहेको बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो नेतामाथि मुद्दा चलेपछि संसद अवरुद्ध गर्ने, माइतीघरमा हुल बनाएर उफ्रिने गरेको उल्लेख गर्दै आफ्नो पार्टीभित्र कसैलाई झुठो आरोप लाग्यो भने पनि आहा क्या मजा भन्दै हिँड्ने गरेको आरोप लगाउनुभयो । ‘अरु पार्टी मुद्दा चल्यो आफ्नो नेताको भने सदन अवरुद्ध गर्छन् । माइतीघर मण्डलामा उफ्रिन जान्छन् । हाम्रा साथीहरु कसैले झुटो आरोप पनि लगायो भने आहा क्या मजा, क्या मजा आयो भन्छन् । त्यो गर्नुपर्ने के जरुरत छ ? मैले भनेको छु भ्रष्ट भेटियो भने भ्रष्टाचार कहीँ देखियो भने अनुहार नहेरीकन कारबाही गर्छु । अनुहार नहेरीकन कारबाही गर्छु ऐया आच्छु कसैले नभन्नुहोला भनेर मैले भनेको छु’, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले पार्टीलाई बदनाम गर्न सरकारलाई बदनाम गर्न र नेताहरुको चरित्र हत्या गर्न संगठित प्रयासहरु भएको समेत बताउनुभएको छ ।