१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

पेट्राेल र डिजेलमा ५ रूपैयाँ विकास कर लगाउने सरकारकाे निर्णय

पेट्राेल र डिजेलमा ५ रूपैयाँ विकास कर लगाउने सरकारकाे निर्णय
अ अ+ अ-

काठमाडाैंः सरकारले विकास बजेट करको दर बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैया विकास बजेट कर बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहनुभएका सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताउनुभयो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।

यसैगरी आगामी फागुन २०—२१ गते बंगलादेशमा हुने नेपाल—बंगलादेश वाणिज्य सचिवस्तरिय संयन्त्रको पाँचौ बैठकका लागि उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेपाल कानून आयोगको सदस्यमा शोभा बुढाथोकी, उद्धव चन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ । राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरेको छ ।

मन्त्री खतिवडाका अनुसार नेपाल भारतसीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । यसैगरी सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाइ नियुक्त गर्दै जगत देउजाको राजीनामा स्वीकृत गरेको छ । यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्व मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेललाई नियुक्त गरिएको छ । सदस्यहरुमा टीका बुढाथोकी, ममता देवी शर्मा र सरस्वती देवी भट्टराईलाई नियुक्त गरिएको छ । सदस्य सचिव नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितिय श्रेणीको अधिकृत रहेको व्यवस्था गरिएको छ ।

मन्त्रीपरिषदका अन्य निर्णयहरु

ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली, भक्तपुरलाई बिई. कम्प्युटर ४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने,

बालबालिका सम्बन्धी नियमावली जारी भइ अर्को व्यवस्था नभएसम्मका लागि बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेश अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धि एने २०७५ को दफा ७९ (२) बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यवभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने,

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने,

मौलाकाली केवलकार आयोजनाको ( ROW Alignment , १०—१० मिटर ROW Alignment सहित केही टावर संरचनाहरु रहनेगरी र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक बन मौलाकाली धार्मिक जन समेतको गरी कुल जम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्ने स्वीकृति दिने,

सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका—१ स्थित राष्ट्रिय बन क्षेत्रको थप कुलजम्मा २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने,

देहयका स्थानीय तहलाई देहायबमोजिम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने

मिक्लाजुङ गाउँपालिका पाँचथरको साविक आरुबोटे गाविस वडा न्म्बर ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमुना केन्द्र स्थापनाका लागि,

पालुङटार नगरपालिका, गोर्खाको साविक च्याङ,्ली गाविकास वडा नम्बर ५ को १ रोपनी प्रहरी चौकी भवन निर्माण, साविका खोप्लाङ गाविस ८ को ३—१—०—० रोपनी पर्यटकीय पूर्वाार निर्माण गर्न, साविक पालुङटार गाविस ७ को ० —५—२—० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपल गाविस ४ को १६ —८—०—३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि,

नराहा गाउँपालिका, सिरहाको गाउँपालिका ५ को ० —८—० बिगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा ६ को ० —३—१ विगाह दिनाभद्री प्राविको भवन निमाृण र वडा नम्बर ८ को ० —५—० विगाह ज.व.उ.मा.वि को भवन निर्माणको लागि,

देवताल गाउँपालिका बाराको साविक रौवाही ७ को ३—१२—१० विगाह बहुद्देशिय रंगशाला निर्माणका लागि,

गौरीगञ्ज गाउँपालिका झापा २ को ३—०—० विगाह ल्याण्डफि साइट निर्माणका लागि,

धार्चे गाउँपलिका गोरखा ५ को ४—२—०—० रोपनी प्रशासकीय भवन निर्माणका लागि,

गलकोट नगरपालिका बागलुङ साविक मल्म ३ को २—७—०—२ रोपनी वडा कार्यालय भवन निर्माणका लागि,

राजपुर नगरपालिका रौतहट साविक राजपुर ३ को ० —१०—० विगाह नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा नम्बर ५ को ० —५—० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा पुष्पराज खनाल नियुक्त गर्ने,

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सुनन्दा सुन्दास, रक्षा श्रेष्ठ, विनय कुमार ठाकुर र कैसाल कुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय ।