२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

हेटौँडा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु)

हेटौँडा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु)
अ अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी गरेको छ । यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने संरचना हटाइने भएको छ ।

विशेष के छ भने यो मापदण्डभित्र २०३१ सालमा नै सडक मुआब्जा लिएर बनेका घरहरू पनि पर्नेछन् । अर्थात करिव ५१ वर्षअघि सडकको लागि मुआब्जा लिएका जग्गाधनीहरूले बनाएका घर तथा भवनहरू अहिले आएर सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्था आएको छ ।

यस योजनाले हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोड लगायतका मुख्य मार्गहरू प्रभावित हुनेछन् । सयौं घर तथा व्यवसायिक भवनहरू भत्काउनुपर्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दाहरू भने आक्रोशित छन् ।

उपमहानगरपालिकाले प्रभावित परिवारलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिएको छ । तर मुआब्जा दर र प्रक्रियाबारे औपचारिक निर्णय भइसकेको छैन । आगामी दिनमा यो विषयले ठूलो विवाद निम्त्याउने निश्चित देखिएको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल