१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

गर्भपतन सेवा अस्थायी साधन बन्दै

गर्भपतन सेवा अस्थायी साधन बन्दै
अ अ+ अ-

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् ।
गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा राजु गुरुङले जानकारी दिए । उनले भने, “ निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि महिनैपिच्छे गर्भपतन गराउन आउन थाले, यो समस्याको विषय हो ।”

उनका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताए । उनले भने, “अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या कम छ, गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्याको विषय बन्न सक्छ ।” यहाँका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् ।

विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन् । ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिए । उनले भने, “हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ ।” जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । ती मध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएकोे तथ्याङ्कमा उल्लेख छ ।अस्पतालका डा ज्योति पाण्डेले भने “गर्भपतन सेवालाई अस्थायी साधनका रुपमा लिनु हुँदैन । सेवाका बारेमा जनचेतना जगाउन आवश्यक छ ।”

सिडीएफका कार्यक्रम अधिकृत दीपा सिंहले जिल्लामा निःशुल्क तथा सुरक्षित गर्भपतन सेवाका लागि आफ्नो संस्थाले पहल चालिरहेको बताए । उनले भने, “असुरक्षित गर्भपतनले महिलाको अकालमै ज्यान जान थालेकाले हामीले सुरक्षित गर्भपतनका लागि आफूले सक्ने भूमिका खेलिरहेका छौँ, गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनु हुँदैन ।” जिल्ला अस्पतालसहित यहाँका गड्सेरा, दुर्गामाडौँ, चवराचौतारा, छतिवन, कपल्लेकी, मुड्भारा, सरस्वतीनगर, सानागाउँ, पोखरी, मौवानगरदह, दौड, लानाकेदारेश्वर, तिखा, लडागाडा, तिखातर, भूमिराजमाडौँ तथा बन्लेग स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको छ ।