७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने

जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने
अ+ अ-

काठमाडौं: नेपाल सरकार र केही जेन–जी समूहबीच भएको सम्झौताप्रति जेन–जी जनआन्दोलनका एक अभियन्ता मिराज ढुगाना समुहले अस्वीकार गरेको छ ।

ढुगानाले एक बिज्ञप्ति जारी गर्दे सम्झौतामा आन्दोलनका प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिन नसकेको दाबी आरोप लगाएका छन् ।

जनआन्दोलनले उठाएका मूल मर्म, भावना तथा निर्णयहरूलाई बेवास्ता गरिएको छ। सरकार र सीमित समूहबीच भएको राजनीतिक सहमतिले व्यापक जनआन्दोलनको आवाजलाई प्रतिनिधित्व नगर्ने भन्दै सहमति अस्वीकार गरिएको छ।

अभियन्ता ढुगानाले देशको स्थायित्व, सुशासन र परिवर्तनको माग उठाउँदै आएका सर्वसाधारणको भावना विपरीत सहमति गरिएको उल्लेख गर्दै यसले जनस्तरमा अविश्वास र आशंकाको वातावरण सिर्जना गर्ने शंका गरेका छन् ।

यो पनि पढ्नुहोस- जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति (पूर्णपाठ)

बिज्ञतिमा भनिएको छ “जनताको बलिदान, परिवर्तन चाहने मनोबल तथा दीर्घकालीन राजनीतिक दिशासमेत कमजोर पार्ने” खालको सहमति कुनै हालतमा स्वीकार्य हुन सक्दैन।

विज्ञप्तिमा सर्वपक्षीय सहमति बिना गरिने कोणीय राजनीतिक सम्झौता भविष्यमा थप जटिलता निम्त्याउने चेतावनी दिइएको छ।

आन्दोलनका मूल मुद्दाहरू सम्बोधन नगरी सरकारले गरेको सहमति अधुरो र जनअपेक्षाविपरीत रहेको जनाइँदै यसको विरोध गरिएको छ।