काठमाडौं: नेपाल सरकार र केही जेन–जी समूहबीच भएको सम्झौताप्रति जेन–जी जनआन्दोलनका एक अभियन्ता मिराज ढुगाना समुहले अस्वीकार गरेको छ ।
ढुगानाले एक बिज्ञप्ति जारी गर्दे सम्झौतामा आन्दोलनका प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिन नसकेको दाबी आरोप लगाएका छन् ।
जनआन्दोलनले उठाएका मूल मर्म, भावना तथा निर्णयहरूलाई बेवास्ता गरिएको छ। सरकार र सीमित समूहबीच भएको राजनीतिक सहमतिले व्यापक जनआन्दोलनको आवाजलाई प्रतिनिधित्व नगर्ने भन्दै सहमति अस्वीकार गरिएको छ।
अभियन्ता ढुगानाले देशको स्थायित्व, सुशासन र परिवर्तनको माग उठाउँदै आएका सर्वसाधारणको भावना विपरीत सहमति गरिएको उल्लेख गर्दै यसले जनस्तरमा अविश्वास र आशंकाको वातावरण सिर्जना गर्ने शंका गरेका छन् ।
यो पनि पढ्नुहोस- जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति (पूर्णपाठ)
बिज्ञतिमा भनिएको छ “जनताको बलिदान, परिवर्तन चाहने मनोबल तथा दीर्घकालीन राजनीतिक दिशासमेत कमजोर पार्ने” खालको सहमति कुनै हालतमा स्वीकार्य हुन सक्दैन।
विज्ञप्तिमा सर्वपक्षीय सहमति बिना गरिने कोणीय राजनीतिक सम्झौता भविष्यमा थप जटिलता निम्त्याउने चेतावनी दिइएको छ।
आन्दोलनका मूल मुद्दाहरू सम्बोधन नगरी सरकारले गरेको सहमति अधुरो र जनअपेक्षाविपरीत रहेको जनाइँदै यसको विरोध गरिएको छ।











