२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीले निमन्त्रणा दिने कार्य सुरु गरेको छ ।

एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आज काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सो अभियानको थालनी गर्नुभयो ।

नेता ज्ञवालीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट जारी अपिल बुझाउँदै मुलुकको राष्ट्रिय राजनीतिक र एमाले महाधिवेशनको महत्वबारे प्रकाश पार्नुभएको थियो । टोलीमा अभियानमा पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

यस्तै, भक्तपुरको सूर्यविनायक, चाँगुनारायणलगायत पालिकामा पोलिटब्यूरो सदस्य महेश बस्नेत, जिल्ला अध्यक्ष बजन देउजा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं जिल्ला उपाध्यक्ष किरण थापालगायतले घरघरमा निमन्त्रणा दिन थाल्नुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि आजै यो अभियान सुरु भएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रूपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको अपिलमा उल्लेख गरिएकोे छ ।

पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय भएको पनि बताउनुभयो ।

यही मङ्सिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुरको सल्लाघारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले खासगरी बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता र जनसमुदायलाई विशेष रूपमा निम्तो दिने तयारी गरेको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख जनसहभागिता जुटाउने एमालेले तयारी छ । महाधिवेशनको बन्दसत्र भोलिपल्टदेखि काठमाडौँका भृकुटीण्डपमा हुनेछ ।रासस