१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

बाघ हेर्ने मन छ ? बाँके निकुञ्ज आउनुहोला !

बाघ हेर्ने मन छ ? बाँके निकुञ्ज आउनुहोला !
अ अ+ अ-

तपाईँलाई बाघ हेर्ने रहर छ रु छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

निकुञ्जको जलसेनी र परुवाखोलाबीचको जङ्गलपथमै बाघ देखिन्छ । “जङ्गलपथमै बाघ देखिएपछि पर्यटकहरु खुशी भएका छन्”, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भनेन्नुभयो, “बाघ हेर्नका लागि धेरै मेहनत गर्नुपर्दैन ।’ गाभरबाट प्रवेश गर्ने टोली बाघ हेरेर ओभरी हुँदै निस्कने गरेको गाभर भ्यालीका नेचर गार्ड कलबहादुर चौधरीले बताए । “बाघ देखिँदा आनन्द महसुस हुने गरेको छ”, गाभर भ्याली घरवास (होमस्टे)का सञ्चालक कृष्ण चौधरीले भने, निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटकहरु खुशी हुन्छन् ।” बाँके राष्ट्रिय निकुञ्जले बर्दिया, सल्यान र दाङको सीमा छोएको छ । निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य वृद्धि र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको चौधरीले बताए ।

निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । कैलाश मानसरोवर, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटक नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकार बताउँछन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यहीँ निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ । ती मध्ये १४८ आन्तरिक , ११ सार्क मुलुकका र एक विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए । निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेशविन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनले जानकारी दिए ।

“बाँके निकुञ्ज पर्यटकको ट्रान्जिट हुँदैछ”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “कम खर्च र छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।” पछिल्लो समय बाघको सङ्ख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरी बताउछन् । “यहाँ ससाना चुरे शृङ्खला छन्”, उनले भने, “दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।” आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन निजी थारू घरवास र १७ घरमा सामुदायिक घरवास सञ्चालित छन् ।

गाभर घरवासले गर्दा पनि निकुञ्जमा पर्यटक बढिरहेका छन् । बिदाको दिन गाभर घरवासमा जाने र निकुञ्ज घुम्नेको सङ्ख्या बढिरहेको छ । निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूल्ठूला होटल र घरवास बनिरहेका छन् । सरकारले बाघको सङ्ख्या दोब्बर बनाउने रणनीतिअनुसार बाँके निकुञ्जमा सोचेजस्तै प्रगति भइरहेको निकुञ्जले जनाएको छ । बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा बाघसँगै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ । बाघका आहारा प्रजातिको सङ्ख्या उल्लेख्य रहेको छ । निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । पर्यटकको आकर्षण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् ।

निकुञ्जमा आइपुगे ‘सौराहगज’ र ‘चमचमकली’

पछिल्लो समय निकुञ्जमा दुई हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ‘सौराहगज’ र ‘चमचमकली’ नाम गरेका दुई हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए । यसअघि निकुञ्जमा चार हात्ती थिए । नयाँ थपिएसँगै अब हात्तीको सङ्ख्या छ पुगेको छ । उनका अनुसार निकुञ्जमा पर्यटकलाई हात्ती सफारी गर्नेदेखि गस्तीमा समेत सहजता हुनेछ । प्रदेश नं ५ मा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट शुरुआत गरिएपछि पर्यटकको आकर्षण बढिरहेको उनले बताए ।