१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

गिद्धको नयाँ प्रजाति

गिद्धको नयाँ प्रजाति
अ अ+ अ-

जाजरकोट । प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ ।

अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताउनुभयो । राजगिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रुपमा लिने गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि जाजरकोटलाई वासस्थान बनाएका सेतो, हाडफोर्ड, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रुख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पछी विज्ञको भनाइ छ । गिद्ध संरक्षणका लागि आहारको व्यवस्थापन र सिमलका रुखको संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ । यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रियस्तरको कार्यक्रम बन्न जरुरी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

उहाँले गाउँपालिकास्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीयस्तरबाट नै महत्वसाथ जाजरकोटमा पाइएका, पाइन सक्ने जीवजन्तु, चराको खोजी र संरक्षणमा पहलको खाँचो रहेको बताउनुभयो । यहाँ विश्वकै दुर्लभ जनावर रेडपाण्डा, दुर्लभ पक्षी चिरकालीजलगायत अन्य जीवजन्तु पाइएका छन् । स्थानीय जनता, सरकार र सरोकारवालाले जाजरकोटको जैविक विविधता, यहाँ भेटिएका विश्वकै दुर्लभ पक्षी, जनावर बचाउन तथा यसको वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पछी, जनावरको खोजी तथा संरक्षणकर्ता गोविन्द सिंहले बताउनुभयो । उहाँले सबैको चासो हुने हो भने जाजरकोट महत्वपूर्ण दुर्लभ पछी तथा जनावरको पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।

लोपोन्मुख पक्षी तथा जनावरको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन कार्य पूरा गरेको छ ।