१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

खरका छाना हटाउँदै, कर्कटपाता टल्काउँदै रिब्दीकोट

खरका छाना हटाउँदै, कर्कटपाता टल्काउँदै रिब्दीकोट
अ अ+ अ-

कृष्ण दर्नाल, पाल्पा । रिब्दीकोट गाउँपालिकामा १६१ खरका छाना भएका घर छन् । चालू आर्थिक वर्षको साउनमा २२६ खरका छानामध्ये हाल ६५ घरमा कर्कटपाताको छाना लगाइएको छ । दक्ष कामदारको अभाव, वर्षेनी खर्च बढ्दो, खर तथा डाडाभाटाको अभावसँग जुध्नुपर्ने बाध्यता रहेकोमा गाउँपालिकाले कर्कटपाताले छाना टल्काउन थालेपछि खरका घर भएका परिवारका सदस्य खु्शी देखिएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा खरका छाना हटाइ कर्कटपाताले छाएपछि घरका छाना टल्किन थालेको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चालु आवको असार मसान्तसम्म बाँकी खरका छाना हटाएर कर्कटपाताले छाउने कार्यक्रम रहेको बताउनुभयो ।

चालू आवको माघ महिनासम्म वडा नं २, ३ र ५ मा खरका छाना पूर्णरुपमा हटाइएकोे छ । वडा २ मा दुई आवमा १५ घर खरको छानामुक्त बने । घर खरको छानामुक्त बनाउन वडाले ३६० कर्कट पाता स्थानीय बासिन्दालाई वितरण गरेको थियो ।

वडा नं ३ मा २७ घर खरका छाना रहेकामा सबैमा कर्कटपाताले छाइएको छ । वडा नं ५ मा आव २०७५/०७६ मा ३३ खरका छाना हटाइ कर्कटपाताले छाइएको छ । आव २०७६/०७७ मा गाउँपालिकाभित्रका ६१ घरका खरका छाना हटाइ कर्कटपाता लगाउने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताउनुभयो । आव २०७५/०७६ मा २० लाख बजेटमार्फत ९१ घरमा खरका छाना विस्थापित गरी कर्कटपाताका छाना लगाउने काम भएको छ । आव २०७६/०७७ मा ३७ लाखमा २२६ खरका छानामुक्त बनाउन काम अघि बढेको छ ।

आव २०७५/०७६ मा वडा नं १ मा ५४६ मध्ये २७ घर खरका छानाका छन् । त्यसमध्ये १४ घर कर्कटपाताले छाइएको छ । वडा नं २ का ६२९ र ३ नं वडाका ५५५ घरमा कर्कटपाताको छाना लगाइएको छ ।

त्यस्तै ४१३ घर रहेको वडा ५ कुखुमखोला खर छानामुक्त भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ३३ घर कर्कटपाता वितरण पछि खरका छाना हटाइ कर्कटपाताले टल्किन थालेका हुन् । छ नम्बर वडाका ५७८ मध्ये ६७ घर छाना खरको थियो । तीमध्ये १८ घरमा स्थानीय सरकारको सहयोगमा कर्कटपाता लगाउने काम भएको छ । बाँकी ४९ घरमा खरका छाना हटाउने कार्यक्रम रहेको छ । वडा नंमा ७ मा २४ घरका छाना कर्कटपाता लगाइएकोमा २२ घरमा खरका छाना छन् । सो वडामा ६५५ घर छन् । वडा ८ मा पहिलो चरणमा २३ र दोस्रो चरणमा १२ घरमा खरका छाना हटाइ कर्कट पाताको छाना लगाउने काम भएको छ । कूल ६५ खरका छानालाई विस्थापित गरी कर्कटपाता प्रदान गरी खरका छानामुक्त बनाउन थालेकोे वडाध्यक्ष नारायण बहादुर लाम्टाङगेले बताउनुभयो ।

स्थानीय सोहरकी ६५ वर्षीय देवी बगाले पहिलो पटक कर्कटपाताको छाना रहेको घरमा रात बिताउन पाउँदा खुशी हुनुहुन्छ । वर्षेनी घर छाउनुपर्ने र पैसाको अभावमा पिरलीनुपर्ने समस्या थियो । आर्थिकरुपमा विपन्न समुदायका नागरिकलाई गाउँपालिकाको सहयोगमा खरका छानालाई कर्कटपाता प्रदान गरी घर टल्काउन थालेपछि स्थानीय सरकारको महत्व बढेको छ ।

रम्भा गाउँपालिकाले चालू आव २०७६/०७७ मा ३३३ घरमा खरका छाना हटाएर पूर्णरुपमा खर छानामुक्त अभियान थालेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खरका छाना हटाइने बताउनुभयो ।

गाउँपालिकाभित्र झण्डै चार हजार ५०० घर छन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न रु ७० लाख बजेट रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा कर्कटपाता पठाएको छ । खरका छाना हटाएर वडामा कर्कटपाताको माग गर्न आएपछि स्थानीय तहबाट कर्कटपाता हस्तान्तरण गरिन्छ ।