१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

राष्ट्रिय सभाको मनोनयन पार्टीले गर्ने होइन – प्रधानमन्त्रीका सल्लाहकार भट्टराई

राष्ट्रिय सभाको मनोनयन पार्टीले गर्ने होइन – प्रधानमन्त्रीका सल्लाहकार भट्टराई
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले राष्ट्रियसभा सदस्यको लागि वामदेव कमरेडको नामको प्रस्ताव आयो । यो विषय पार्टी आँफैंले निर्णय गर्ने विषय होईन ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले राष्ट्रियसभा सदस्यको लागि मनोनयनको विषय संविधानले गरेको व्याख्यानुसार पनि सरकार र राष्ट्रपतिबीचको विषय भएको सुनाए । उनले भने,‘सरकार र राष्ट्रपतिको विषय भएपनि पार्टीको सरकार भएको हुनाले पार्टीकै सुझाव दिने तहमा जुन प्रस्ताव गरेको छ, त्यो प्रस्ताव र अब अर्थमन्त्रीज्यू के हुनुहुन्छ ? अर्थमन्त्रीको पनि कार्यकाल २० गते नै सकिँदैछ । अब यी दुई जनाको नाममा नै लडाई हुन्छ कि भनेर सारा मान्छेलाई लागेको छ । यो व्यवस्थापन गर्न नसकिने विषय नै छैन् । यसको एकदमै उपयुक्त हिसाबले व्यवस्थापन हुन्छ । त्यसको रिजल्ट के हुन्छ ? मैले अहिले बोल्न हतारो हुन्छ । एक/दुई दिन कुर्न म साथीहरुलाई अनुरोध गर्छु । त्यसपछि तपाईहरुले बुझ्नुहुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यो विषयमा पार्टीको निर्णय लागु नहुने जिकिर गरे । उनले भने,‘यसमा (यो मनोनयन) को विषयमा पार्टीको निर्णय लागु हुँदैन् । अस्ति पार्टीले १८ जनाको विषयमा फैसला गर्यो । त्यो पार्टीको निर्णय हो । त्यहीअनुसार कार्यान्यवन भयो । यो राष्ट्रपतिको मनोनयनको विषय, पार्टीले निर्णय गरेर यो गर भन्ने होईन । पार्टीले सुझाव दिन सक्छ । पार्टीले सुझाव दिएको पनि छ । त्यो सुझावलाई सरकारले कसरी लिने ? भन्नेबारे प्रधानमन्त्रीले त्यसलाई अत्यन्तै जिम्मेवारपूर्वक र अत्यन्तै परिपक्व ढंगले त्यसको निश्कर्ष निकाल्नुहुनेछ । जुन निश्कर्ष समय आएपछि निस्किनेछ । अहिले मैले धेरै बोल्नुपर्ने छैन् । एक जना व्यक्ति राष्ट्रियसभामा को जाने ? को नजाने ? भन्ने कुराले पार्टी विभाजनमा लगेर जोड्नु भनेको हाम्रो विषयमा बुझ्ने त्रुटी हो कि बुझाउने तहमा रहेकाहरुको त्रुटी हो। यो खोजीको विषय हो ।’

उनले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन गर्ने विषय फिर्ता भएकोले अब यसबारेमा चर्चा गर्न जरुरी नभएको स्पष्ट पारे । उनले भने,‘जसले यो विषयको सुरुवात गर्यो सचिवालयले फिर्ता गरिसक्यो ।’ पछिल्लो समय आफ्नो पार्टीभित्र केही विषयहरुलाई लिएर नेतृत्वको बीचमा मनमुटाव भएको हो कि भन्ने चर्चा तथा परिचर्चा भएको सुनाउँदै त्यस्तो केही नभएको जिकिर गरे । उनले भने,‘यो कता कता अन्तत्वगत्वा यो दुर्घटनामा पो पुग्ने हो कि भन्ने खालका मान्छेहरुले आशंका व्यक्त गरिरहेका छन् । तपाईहरुलाई म के अनुरोध र आश्वस्त पार्न चाहन्छु भने नेकपा यस्ता थुप्रै खाले अप्ठ्याराहरुलाई झेल्दै यहाँ आईपुगेको हो । र, यो अहिलेका केही विषयहरुलाई लिएर प्रायः सानातिना मतभेदहरु, यी म्यानेजेवल छन् । यी आपसमा बसेर टुँग्याउन सकिने तहमा छन् । यीनले कुनै त्यस्तो स्थितिमा पुर्याउने छैनन् । नेताहरु स्वयमले, प्रधानमन्त्रीले र अर्का अध्यक्षले, बरिष्ठ नेताले र अन्य नेताहरुले जे भन्नुभएको छ, त्यो तपाईहरुले सुनिरहनुभएको छ । त्यस किसिमको आशंका पाल्नुपर्ने स्थितिमा छैन् ।’

उनले जनताले जुन किसिमको विश्वास नेकपालाई दिएका छन् र, सरकार चलाउने जुन पाँच वर्षको म्याण्डेट दिएका छ्न् त्यसबाट नेतृत्व दायाँबायाँ नहुने विश्वास दिलाए । उनले भने,‘त्यो हामी हिजो जनताका बिचमा बसेर जे वचनबद्धता जाहेर गरेर यहाँ आएका छौं, त्यो कुराको पालना गर्ने कुरामा रत्तिभर तलमाथि हुन सक्दैन् । जो बाट त्यसमा तलमाथि हुन्छ, त्यो त्यसको सजायको भागीदार हुन्छ । हुन्छ । र, विगतमा पनि हुँदैपनि आएको छ। यो प्रक्रिया त्यही हिसाबले जाने हो । आज हामीलाई राज्यले, जनताले सुम्पिएको जुन अभिभारा छ, खासगरी लोकतान्त्रिक व्यवस्था, जसलाई प्राप्त गर्न हामीले लामो समयदेखि लडाई गर्यौं । संघर्ष गर्यौं । र, यो संस्थागत भएको लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाएर लिएर जानको लागि जतिपनि पूर्वाधारका कुराहरु निर्माण गरेर जानुपर्ने छ । चाहे त्यो कानूनी क्षेत्रको कुरा होस, चाहे त्यो भौतिक क्षेत्रको होस् । चाहे त्यो आर्थिक क्षत्रेको होस् । ती सबै क्षेत्रको एउटा आधार तयार गरेर हामी एउटा राजनीतिक स्थायित्वमार्फत मुलुकको आर्थिक विकासको बाटोमा लाने कुरामा दायाँबायाँ हुन सक्दैन् । त्यो अभिभाराबाट हामी विचलित हुँदैनौं ।’

उनले कोही कसैलाई लागेर ‘यसमा विचलित गराईहालौं अथवा म हुँ’ भन्ने लागेको छ भनेपनि त्यो आफ्नो विचारमा असफल हुने ठोकुवा गरे । उनले भने,‘त्यस्तो असफलताको बाटोमा कोही पनि नलाग्नु नै श्रेयकर हुन्छ ।’ फरक प्रसँगमा उनले अन्तर्राष्ट्रिय परिस्थिति अहिले नेपालको अत्यन्तै अनुकुलतामा गैरहेको विश्वास दिलाए । उनले भने,‘हिजो असफल राष्ट्र हुन्छ कि भनेर चर्चा गरिरहेका मान्छेहरु आज हाम्रो मुलुकप्रतिको विश्वसनियता, हामीप्रतिको चासो, हामीप्रतिको लगानी, आर्थिक योगदानको हिसाबले, कतिपय ऋणको हिसाबले बढोत्तरी भैरहेको छ । हामी ठीक बाटोबाट अघि बढिरहेका छौं । यो बाटो सफल छ । प्रधानमन्त्रीको तहबाट, राष्ट्रपति, उपराष्ट्रपति, परराष्ट्रमन्त्रीको तहबाट भ्रमणहरु भएका छन् । बाहिरबाट आउने क्रमपनि बढिरहेको छ । कतिपय मुलुकका राष्ट्राध्यक्ष नेपाल आउने कुरा भएको छ । उताबाट पत्राचार भैरहेका छन् । मिति निकट भविष्यमा सार्वजनिक हुन्छ ।’

उनले नेपाल ५–७ वर्षअघिजस्तो वा २–३ वर्षअघिको स्थितिमा पनि नभएको सुनाए । उनले भने,‘अहिले गति बनाएको छ । नेपालले अन्तर्राष्ट्रिय छबि अभिवृद्धि गरेको छ । माथि उठाएको छ । पछिल्लो कार्यकालमा हामीले जुन खालको राम्रो अवस्था बनाएको छौं । अन्तर्राष्टिय समूदायसँग सहकार्य गरेर जाने कुरामा होस् । या नेपालभित्र उनीहरुको उपस्थिति बनाउने कुरामा होस । हामी सफल भएका छौं ।’

उनले अमेरिकी सहयोग एमसीसीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संसदको रोष्ट्रममा उभिएर बोलिसकेको स्मरण गराए । ‘प्रधानमन्त्रीज्यूले संसदमा भनिसक्नुभएको छ कि मन्त्रिपरिषदबाट निर्णय भएर संसदमा प्रस्तुत भएको छ, सभामुखले यो कार्यसूचमा राख्नेबित्तिकै अनुमोदन हुन्छ । त्यो अनुमोदन हुन्छ । यसमा केही विषयहरु राष्ट्रलाई घाटा हुने खालका छन् भने हामी देशलाई घाटा हुने खालका कुरा गर्दैनौं । विदेश नीतिका आधारभुत पक्षहरु, राजनीतिक गठबन्धनमा सहभागी नहुने पक्षहरु, सैन्य गठबन्धनमा सहभागी नहुने पक्षहरु, हामीलाई विदेश नीतिसम्बन्धी आधारभूत मान्यताबाट दायाँबायँ हुने छुट छैन् । हिजोपनि व्यवस्था परिवर्तन हुँदा विदेश नीति परिवर्तन भएनन् । आजको युगमा हामी संविधान, देशको हित र आधारभूत विदेश नीतिअनुसार अघि बढ्ने हो । हामी त्यहीअनुसार अघि बढिरहेका छौं । आजको कुटनीति भनेको हिजोजस्तो कुटनीतिलाई राजा महाराजाहरुले आफ्नो पकेटमा राख्ने अहिलेको व्यवस्था त्यो होईन् ।’

उनले सरकारले लिने हरेक फैसला तथा निर्णयहरु सार्वजनिक हुने बताउँदै थपे,‘हाम्रा फैसला, निर्णयहरु सिँगो जनताले थाहा पाएका छन्, तपाई मिडियाहरुले, नागरिक समाजको तर्फबाट मनिटरिङ भैरहेको छ । हामी घोषित नीतिभन्दा बाहिर जान सक्दैनौं । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले आज एकपछि अर्को सफलता हाँसिल गरिरहेका छौं । यसलाई प्रभाव पार्नेगरि वा दुरासय हुनेगरि जाँदैनौं । कतै हुन खोजेको छ भने त्यसलाई सच्याएर यो सरकार अघि बढ्छ ।’

उनले एमसीसी पारित गरेर जानुपर्ने धारणा राखे । उनले भने,‘एउटा सरकारले निर्णय गेकोको छ । अर्को सरकारले गर्दिन भन्नुहुँदैन । यसले अन्तर्राष्ट्रिय छविमा असर पर्छ । तर, राष्ट्रिय अहितमा छ भने उनीहरुसँग शीर ठाडो पारेर कुरा राख्ने ठाउँमा हामी छौं । सम्झौतामा यो यो विषय अहितका विषय छन् भनेर हामीले भन्नुपर्छ । तर, हामी लतारिएर जाँदैनौं । यो २००७ साल वा २०३० सालको जस्तो सरकार होईन् । दायाँबायाँ चल्न के जरुरी छ ? आज जसले गलत गर्छ, भोलि त्यो जनताको कठघरामा उभिनुपर्छ ।’

उनले पछिल्लो समय नेपाल–भारत सम्बन्धपनि समग्र पक्षमा राम्रो र सकारात्मक रहेको दाबी गरे । उनले भने,‘यो बीचमा हामी भारतसँगको डुबानको विषय सहमतिमा हल गर्नेगरि अघि बढेका छौं । हाम्रो प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्रीलाई डुबानको समस्याको कुरा स्पष्टसँग राख्नुभएको थियो । उहाँहरुबीच संयुक्त टोली बनाएर अध्ययन गर्ने सहमति भएको थियो । र, गत वर्षको वर्षासम्म अध्ययन भएको थियो । हामीबीच रहेका १६, १७ वटा गम्भिर समस्याहरु रहेका छन् भन्ने कुरा दुवै देशका राज्यस्तरबाट गठित संयुक्त टोलीले प्रतिवेदन बनाएर दिएसँगै थाहा भएको छ । अहिले संरचनाहरु धमाधम निर्माण भैरहेका छन् । ७, ८ वटा त समाधान भैसके । विराटनगरको चेक पोष्ट हटाईएको छ । एयर रुटको समस्यापनि समाधान भयो ।’

उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन सहमतिमा बनाईएको सुनाउँदै प्रतिवेदन बुझ्न किन ढिलाई भैरहेको छ ? भन्दै प्रश्न गरे । उनले भने,‘उहाँहरुले पनि प्रतिवेदन बुझ्छु भन्नुभएको छ । प्रतिवेदन नबुझ्दा दुवै देशलाई घाटा भैरहेको छ । प्रतिवेदन नबुझेर भारतले विश्वासको संकट निम्त्याउनुहुँदैन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादको सवालमा पनि वार्ताको लागि भारतबाट पत्राचार भैसकेको जानकारी दिए । उनले भने,‘वार्ता गर्छौं भनेर भारतबाट चिठ्ठी आईसकेको छ । यो विचमा भारतीय विदेश सचिव फेरिनुभयो । त्यसले केही समय लागेको होला । तर, उहाँहरु वार्तामा बस्नुहुन्छ ।’

उनले गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा सत्य, तथ्य के हो ? भन्ने कुरा छानबिन गर्न दिनुपर्ने सुझाव दिए । उनले भने,‘यो प्रकरणमा छानबिन हुँदैछ । छानबिनमा जे आउँछ, त्यसलाई सबैले मान्नुपर्छ । यो प्रकरणमा सरकार कहीँपनि चुकेको छैन् ।’ उनले गल्ती गर्नेहरु सजाय भोग्न तयार हुनुपर्ने जिकिर गरे ।

उनले भने,‘उहाँमाथि आरोप लागेपछि उहाँले राजीनामा दिएर छानबिनको लागि बाटो खोलिदिनुभएको छ । तर, अहिले नै उहाँलाई अपराधीजस्तो नगरौं भनेर प्रधानमन्त्रीले भन्नुभएको हो ।’ उनले मुलुकमा पछिल्लो २०, २५ वर्षमा के कति घट्ना भए ? र कसरी लुकाईयो ? भन्ने कुरा पनि पछिल्लो ललिता निवास प्रकरणको कुरा बाहिर आएपछि झन प्रष्ट भएको संकेत गरे । उनले भने,‘मुलुक कानूनी शासनअनुसार चल्छ । विधिको शासनले चल्छ । जो सुकै होउन, गल्ती गर्ने छुट कसैलाई पनि छैन् ।’ बाँस्कोटा प्रकरणमा पनि सत्य, तथ्य छानबिन हुनुपर्ने उनको भनाई छ । उनले भने,‘हामी प्रणालीलाई बढावा दिउँ । विधिको शासन बसाल्ने कुरा गरौं ।’