१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

प्रभावकारी बन्दै सुत्केरी पोषण कार्यक्रम

प्रभावकारी बन्दै सुत्केरी पोषण कार्यक्रम
अ अ+ अ-

चन्द्रकला भण्डारी, झापा । झापाका कनकाई नगरपालिकाले शुरु गरेको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ ।

यो कार्यक्रम प्रभावकारी भएसँगै जिल्लाका अन्य स्थानीय तहले पनि सुत्केरी पोषण कार्यक्रम शुरु गरेका हुन् । झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा पहिले कनकाई नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो ।

विसं २०७४ साउनबाट शुरु गरेको यो कार्यक्रमबाट हालसम्म ४३० सुत्केरीले पोषणअन्तर्गत पाउने सेवा सुविधा लिएको नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद मिश्रले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत दुई हजार रुपैयाँ रकम प्रदान गर्ने व्यवस्था गरेको छ । शुरुमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण, गर्भ जाँच र सुत्केरी हुने महिलालाई दुई केजी घ्यू, क्यालसियम र झुल घरमै पु¥याउने गरेको थियो । बजारबाट खरिद गरिने ध्यूमा कैफियत पाएपछि हाल नगद रु दुई हजार प्रदान गर्दै आएको उहाँको भनाइ छ ।

‘उपमेयर सुत्केरी पोषण कार्यक्रम’ नाम राखेर नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले नगद रु ५० हजार जम्मा गरेर कोष नै स्थापना गर्नुभएको थियो । सोही कोषमा नगरपालिकाले प्रत्येक वर्ष रु पाँच लाख थपेर खर्च गर्दै आएको छ । उहाँले भन्नुभयो, “सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

विसं २०६८ को जनगणनाअनुसार ४१ हजार जनसङ्ख्या रहेको नगरपालिकामा हाल बढेर ४७ हजार पुगेको सूचना अधिकारी मिश्रको भनाइ छ । उहाँले भन्नुभयो, “मुसहर, सन्थाललगायतका अतिविपन्न परिवारलाई यो कार्यक्रमले राहत पुगेको छ । नाम लेखाइसकेका ४० ले अझै सुविधा लिन बाँकी छ ।” स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिए ।

मेचीनगर नगरपालिकाले समेत सो कार्यक्रम चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनबाट शुरु गरेको छ । रु पाँच लाखको बजेट राखेर शुरु गरेको कार्यक्रममा हाल सो बजेट सकिएर रु १० लाख थप गरी रु १५ लाख बनाएको नगरका सूचना अधिकृत पदमबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार चालु आवको सात महिनाको अवधिमा २५० सुत्केरी महिलाले सुत्केरी पोषण कार्यक्रमअन्तर्गतको सेवा लिएका छन् । नगरपालिकाले प्रतिसुत्केरी नगद नै रु दुई हजार दिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा लिन आउने बढी अति विपन्न परिवारका करुवा, किसान, सन्थाललगायत छन् ।” गर्भवती अवस्थामा स्वास्थ्य जाँच गराउन स्वास्थ्य केन्द्र नपुग्ने उनीहरु सुविधा पाउने भएपछि नियमितरुपमा स्वास्थ्य जाँच गराउन र सुत्केरी हुन अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा पुग्ने गरेको नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख शशी राईले बताउनुभयो ।

उहाँले शुरुमा घरघरमा स्वास्थ्य स्वयंसेवक महिला पठाएर गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन अभिप्रेरित गर्दासमेत नजाने महिला सुविधा पाएसँगै अहिले आफैँ अस्पताल पुग्ने गरेको बताउनुभयो । मेचीनगरमा मात्र लोपोन्मुख समुदाय किसान, मेचे, सन्थाल, मुण्डा, माझीलगायत २३ जातिको बसोवास रहेको छ । हालको मेचीनगर नगरपालिकाको जनसङ्ख्या एक लाख ३० हजारको हाराहारीमा रहेको सूचना अधिकृत कार्कीको भनाइ छ ।

त्यसैगरी यो कार्यक्रम झापा गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको वडा नम्बर १० ले समेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख मीना पराजुलीले सुत्केरी पोषण कार्यक्रमले गरिब तथा अतिविपन्न परिवारका महिलालाई राहत पुग्ने बताउँदै झापाका १५ वटै स्थानीय तहमा लागू हुनुपर्ने बताउनुभयो ।