२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षिय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पाईको छ । प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । खडकाले अहिले सम्म १० जना भन्दा व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगि गरेको पाइएको छ । पिडितहरुले विभिन्न प्रलोभन देखाएर आफुहरुबाट पटक पटक पैसा लिएको बताएका छन् । खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै तपाईको नम्बर लिएको बताउने गरेको पिडितहरुले बताएका छन् ।

काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडि कार्ड देखाएर एम्बेस्सिको मान्छे हुँ भनेर बताएको र एम्बेस्सिमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताउनुभयो । उहाँले आफ्नो धरानमा रहेका बहिनी ज्वाइलाई भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताउनुभयो । काठमाडौंमा पनि महाराजगंजको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताउनुभयो ।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन् । खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनिहरुको भनाई छ ।

खडकाले पटक पटक सङ्का लाग्नेगरी कुरा गरेपछि पिडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनिहरुले बताए । खडकाले अहिले सम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ । त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पिडितहरुले बताएका छन् । प्रहरीले भने खडकालाई पक्राउ गरी अनुशन्धान गरिरहेको जनाएको छ ।