१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

नियम विपरीत विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री

नियम विपरीत विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री
अ अ+ अ-

बाँके । बाँकेका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तिजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

नियम, निर्देशिका अनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्र्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा नै छैन ।

नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित आधारभूत विद्यालय क्षेत्रमा पसल सञ्चालन गर्दै आएका राजकश्यप आफूलाई यस्तो नियमका बारे कसैले नभनेको र स्वयम् पनि थाहा नपाएको बताउनुभयो । अझ विडम्बनाको कुरा त के पनि छ भने उहाँ उक्त विद्यालय सञ्चालक समितिका सदस्यसमेत हुनुहुन्छ ।

विद्यालय क्षेत्रमा नियमविपरीत पसल सञ्चालकले सुर्र्ती तथा मदिराजन्य पदार्थ बिक्री गरिरहेको अभिभावकको गुनासो धेरै आएपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले विद्यालयभन्दा १०० मिटरको दूरीमा २० वर्षमुनिका विद्यार्थीलाई सुर्र्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ । तर, यो सूचनामा पनि कसैले टेरपुच्छर लगाएका छैनन् । सूचना जारी गरेको छ महिना समय अवधिमा एकपटक पनि अनुगमन गरिएको छैन । शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले भन्नुभयो,“अनुगमन हामीले गर्ने होइन, यो दायित्व त स्थानीय प्रशासन कार्यालयको हो ।”

बालबालिकाको भविष्यसँग सोझो खेलवाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्र्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा झारा टार्न सूचना जारी गर्ने, प्रभावकारी अनुगमन नगर्ने र सम्बद्ध निकायबीच समन्वय नहुनेजस्ता कारणले यो नियमको कार्यान्वयमा चुनौती देखिएको छ ।

“निर्णय कार्यान्वयनको प्रयास पनि नभएको होइन, तर विद्यालय क्षेत्रमा ससाना पसल सञ्चालन गर्नेले आफ्नो रोजीरोटी खोसिन लाग्यो भनेर होहल्ला गरेर विषयलाई अन्यत्र मोड्न खोजेपछि चुनौती थपिएको हो”, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले भन्नुभयो । बाँकेमा सामुदायिक २५१ र संस्थागत १७६ गरी कूल ४२७ विद्यालयमा झण्डै डेढ लाख विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।