२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धर्म परिर्वतन गराउने गिरोह सक्रिय’



अ+ अ-

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभएको छ ।

मिडिया नेपाल प्रदेश नं. १ समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी अध्यक्ष थापाले सातै प्रदेशमा सङ्गठन विस्तारदेखि पार्टीभित्र देखिएका आन्तरिक कलहलाई हटाउनमा जोड दिएका छौं भन्दै पार्टी सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताउनुभयो ।