२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैंडाकोटमा काँग्रेसका क्रियाशिल सदस्यले मागे हिन्दु राष्ट्र नेपाल



अ+ अ-

गैंडाकोट । गैंडाकोट नगरपालिका¬ वडा नं ५ का नेपाली कांगे्रसका क्रियाशिल सदस्यहरुले वडा सम्मेलन गरी हिन्दू राष्ट्र नेपालको माग गरेका छन् । उनीहरुले उक्त सम्मेलनमा सामूहिक रुपमा पार्टीको वडा अध्यक्षमार्फत पार्टीका विभिन्न तहमा ज्ञापन पत्र पनि पठाएका छन् ।
त्यस वडाका करिब ७० जना क्रियाशिल सदस्यले पार्टीले हिन्दू राष्ट्रको एजेण्डालाई अंगाल्नुपर्ने माग गरेका हुन् । उनीहरुले नेपाली काँग्रेसजस्तो पार्टीले कुनै पनि हालतमा हिन्दू राष्टको एजेण्डा छोड्न नहुने माग गरेका थिए ।


उक्त विज्ञप्तिमा उनीहरुले विषेशगरी नेपाली काँग्रेस पार्टी विपीको सिद्धान्त अनुसार नचलेको, ९२ प्रतिशत ओमकार परिवार रहेको देश नेपालको हिन्दु धर्म संरक्षण गर्ने विषयमा पार्टीले ध्यान नपु¥याएको र जसका कारण धार्मिक द्धन्द श्रृजना हुन सक्नेजस्ता विषयमा छलफल गरेका थिए ।
यदि पार्टीले हिन्दु राष्ट्रको एजेण्डालाई प्रमूख एजेण्डा वनाई हिन्दु राष्टलाई प्रतिस्थापन गर्न सशक्त भूमिका निर्वाह नगरेको खण्डमा आफ्नो क्रियाशिल सदस्यता नविकरण नगर्ने, कार्यक्रमबाट बहिरीने, हिन्दु राष्ट्र संरक्षण अभियानमा लाग्ने चेतावनी समेत उनीहरुले पार्टी नेतृत्वलाई दिएका छन् ।
यस कार्यक्रमको प्रमूख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गर्नु भएको थियो भने अध्यक्षता वडा सभापति गोविन्द घिमीरेले गर्नुभएको थियो ।
अहिलेको वर्तमान समयमा विभिन्न हिन्दुवादी संगठनहरुले हिन्दु राष्ट्रको पुनस्थापना हुनुपर्दछ भन्दै यहाँका युवाले अभियान सञ्चालन गर्दै आइरहेका छन ।