२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोर किशोरी पत्रकारहरु २० भन्दा बढि बाल विवाह रोक्न सफल



अ+ अ-

बाँक । बाँकेका किशोर किशोरी पत्रकारहरुले २० भन्दा बढि बाल विवाह रोकेको बताएका छन् । बाँकेमा सुरु गरेको स्वयंसेवी किशोर किशोरी पत्रकारिता तालिममा सहभागि किशोर किशोरीहरुले आफुहरुले बाल विवाह रोक्न र त्यसको अन्त्यका लागि चेतना फैलाउन सफल भएको बताएका हुन् ।

बाल विवाह जस्ता कुरितीको अन्त्यका लागि आफुहरु स्वयंसेवी पत्रकारको रुपमा खटिइरहने बाल विवाह पिडित सविना खानले बताउनु भयो । आफुहरुले २० भन्दा बढि बाल विवाह रोक्न सफल भएको बताए ।सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले गएको ८ महिनामासबै पालिकाको वडा तहसम्म पुगेर स्वयंसेवी पत्रकारहरुले महत्वपूर्ण बिषयहरु बाहिर ल्याईरहेको बताउनुभयो ।

स्वयंसेवी पत्रकारहरुले व्यवसायिक पत्रकारहरुले गर्न नसकेको सुचना बाहिर ल्याउने र परिवर्तनको लागि प्रभावकारी काम गर्न सकेको हुनाले उहाँहरुलाई प्रोत्साहन स्वरुप रेडियो कार्यक्रम संकलन गर्ने रेकर्डर प्रदान गरिएको आचार्यले बताउनुभयो । प्लान इन्टर नेशनल नेपालका सुरक्षा संयोजक आशा बुढाले बाल विवाह बिरुद्धको अभियानलाई समुदायिक पत्रकारिताले उर्जा थपेको बताउनु भयो । रेडियो सद्भावमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएका स्वंयसेवी पत्रकार मञ्जु घर्तिमगर र चेतना क्षेत्रिलेआफुहरुलाई रेडियोले ठूलो शक्ति प्रदान गरेको बताउनु भयो ।

बाल विवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउनको लागि वाच डगको रुपमा काम गरेको अन्य पत्रकारहरुले बताएका छन् । बाँकेमा जिल्लामा बाल विवाह अन्य जिल्लाको तुलनामा उच्च दरमा भैरहको छ भने २० वर्ष पछि मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्थाको पनि समुदायस्तरबाट बिरोध भैरहेको छ । त्यसैले सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र प्लान इन्टरनेशनल नेपालले बाँकेमा सबै वडा तहका किशोर किशोरीलाई स्वयंसेवी पत्रकार बनाउने कार्यक्रम गरिरहेको छ ।