२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमरल्ड एकाडमीलाई बालमैत्री विद्यालय घोषणा



अ+ अ-

भद्रपुर । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीलाई बालमैत्री विद्यालयका रूपमा घोषणा गरिएको छ ।

भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलले नगरप्रमुख जीवनकुमार श्रेष्ठको अनुमतीमा आधारभूत सूचक पूरा गरेको ठहरसहित बालमैत्री विद्यालय घोषणा गरेका हुन् । नगरपालिकाले अंगीकार गरेको बालमैत्रीसम्बन्धी ४२ वटा सूचकहरू पूरा गरेको अनुगमन प्रतिवेदनले ठहर गरेपछि वडाको ८ औं विद्यालयका रूपमा बालमैत्री विद्यालय भएको हो । विद्यालयले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका अलग अलग सूचकहरू मापदण्ड अनुकुल पूरा गरेकोले बालमैत्री विद्यालय घोषणा गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । नगर प्रमुख श्रेष्ठका अनुसार यही चैत्र मसान्त भित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइएको छ ।

यस अभियान अन्र्तगत नगर पालिकाको वडा नं ७ भित्रका सवै विद्यालय बालमैत्री घोषणा भएसकेको वडाध्यक्ष विनोदप्रसाद पोखरेलले जानकारी दिए ।

एमरल्ड बाल क्लबका अध्यक्ष आरोग्य तिम्सेनाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, एमरल्ड एकाडमीका संस्थापक÷प्रिन्सिपल प्रा. डा. पृथ्वीविक्रम राई, सगरमाथा टिन्स क्लब एमरल्ड एकाडमीका अध्यक्ष विराज पौडेल, विद्यालयकी सहायक प्रधानअध्यापक बबिता राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।