२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमरल्ड एकाडमीलाई बालमैत्री विद्यालय घोषणा



अ+ अ-

भद्रपुर । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीलाई बालमैत्री विद्यालयका रूपमा घोषणा गरिएको छ ।

भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलले नगरप्रमुख जीवनकुमार श्रेष्ठको अनुमतीमा आधारभूत सूचक पूरा गरेको ठहरसहित बालमैत्री विद्यालय घोषणा गरेका हुन् । नगरपालिकाले अंगीकार गरेको बालमैत्रीसम्बन्धी ४२ वटा सूचकहरू पूरा गरेको अनुगमन प्रतिवेदनले ठहर गरेपछि वडाको ८ औं विद्यालयका रूपमा बालमैत्री विद्यालय भएको हो । विद्यालयले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका अलग अलग सूचकहरू मापदण्ड अनुकुल पूरा गरेकोले बालमैत्री विद्यालय घोषणा गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । नगर प्रमुख श्रेष्ठका अनुसार यही चैत्र मसान्त भित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइएको छ ।

यस अभियान अन्र्तगत नगर पालिकाको वडा नं ७ भित्रका सवै विद्यालय बालमैत्री घोषणा भएसकेको वडाध्यक्ष विनोदप्रसाद पोखरेलले जानकारी दिए ।

एमरल्ड बाल क्लबका अध्यक्ष आरोग्य तिम्सेनाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, एमरल्ड एकाडमीका संस्थापक÷प्रिन्सिपल प्रा. डा. पृथ्वीविक्रम राई, सगरमाथा टिन्स क्लब एमरल्ड एकाडमीका अध्यक्ष विराज पौडेल, विद्यालयकी सहायक प्रधानअध्यापक बबिता राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।