२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीद्धारा विभिन्न कलात्मक प्रस्तुती प्रदर्शन



अ+ अ-

भद्रपुर । भद्रपुर ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले परियोजना कार्य अन्र्तगत विभिन्न कलात्मक प्रस्तुती प्रदर्शन गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा रिसर्च प्रोजेक्ट क्याम्पान अन्र्तगत विभिन्न विज्ञान, प्रविधि झल्कने परियोजना कलात्मक प्रस्तुती प्रदर्शनी गरेका हुन् ।

कार्यक्रममा कक्षा ५ देखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । स्मार्ट एजुकेशनको अवधारणा अनुसार विभिन्न विज्ञान र प्रविधि झल्कने कला कृति निर्माण गरी प्रदर्शनी गरेका विद्यार्थीहरूले ज्वामुखी विष्फोटको अवस्था, एटिएम मेशिन, पैसा छाप्ने मेसिन, आलुबाट विद्युत उत्पादन, मोटरबोट जस्ता विज्ञान र प्रविधि झल्कने कलाकृति देखि परम्परागत नेपाली संस्कृति र सभ्यता झल्कने कलाकृतिसम्म प्रदर्शनी गरेका थिए ।