२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा एमसिसीबारे प्रष्ट धारणा छ, जसरी पनि पारित हुन्छ : बस्नेत



अ+ अ-

अर्घाखाँची । नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ । ”

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँ नयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाउनुभयो ।

गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले दोषी भएमा कोही उम्किन नसक्ने बताउनुभयो । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

युवासङ्घका संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमतअनुसारनै काम गर्ने बताउनुभयो ।