१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

उपाध्यक्ष ढकालले भने- कानुन निर्माणमा निजी क्षेत्रको पनि सहभागिता होस्

उपाध्यक्ष ढकालले भने- कानुन निर्माणमा निजी क्षेत्रको पनि सहभागिता होस्
अ अ+ अ-

रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व नेपालका सबै उद्योगी व्यवसायीको अभिभावक बन्न सक्नुपर्ने बताएका छन् । रामेछापमा आयोजित दोस्रो रामेछाप औद्योगिक महोत्सवलाई शनिबार सम्बोधन गर्दै उनले भने– महासंघले नेपालका सबै व्यवसायीहरुको साझा र छाता संगठनका रुपमा सबैलाई ओत र आडभरोसा दिने एक अभिभावको रुपमा काम गर्नुपर्छ ।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा घोषणा गरिसकेका उपाध्यक्ष ढकालसँग महासंघको आगामी नेतृत्वका बारेमा स्थानीय व्यवसायीहरुले राखेको जिज्ञासामा उनले सो धारणा राखेका हुन् । उपाध्यक्ष ढकालले नेपालका ७७ ओटै जिल्लामा रहेका साना तथा मझौला उद्योगहरुको संरक्षण र सम्बद्र्धन गर्ने, उनीहरुका समस्या र मर्म बुझेको र उनीहरुलाई व्यावसायका सिलसिलामा स्थानीय स्तरमा पर्ने समस्याहरुको हल गर्न सक्ने क्षमताको हुनुपर्ने भन्दै आफूले महासंघको नेतृत्वमा आएपछि यी सबै कुरामा विशेष ध्यान दिने बताए ।

उनले भने– साना व्यवसायीका लागि अहिले पूरै रुपमा सहज वातावरण छैन, रजिेष्ट्रेसन, कर आदि र अरु पनि विभिन्न कार्यमा स्थानीय स्तरमा व्यवसायीले अनेक झैझमेलाहरु ब्यहोर्नुपरेका गुनासाहरु छन् र ती सबैप्रति म जानकार भएकोले मैले महासंघको नेतृत्वमा रहेका हिसाबले यी विषयहरुमा विशेष ध्यान दिनेछु । उपाध्यक्ष ढकालले एक व्यवसायीका हिसाबले नेपालका ७७ ओटै जिल्लामा व्यावसायिक नेटवर्क रहेकोले स्थानीय व्यवसायीहरुलाई सोही नेटवर्कमार्फत महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने काममा सहज हुने पनि उनले बताए ।

उनले भने– म हिजो, आज र भोलि पनि नेपालको एक व्यवसायी नै हुँ र तपाईँहरुसँगै रहनेछु । मेरो व्यवसायिक नेटवर्कमार्फत म भोलिका दिनमा पनि तपाईँहरुसँगै जोडिने छु र तपाई व्यवसायीहरुकै साथमा रहनेछु । यसका अतिरिक्त देशमा ठूला लगानीको वातावरण बनाउने, वैदेशिक लगानी भित्र्याउने तथा स्वदेशका ठूलो उद्योगी व्यवसायीहरुका लागि पनि सहज वातावरण निर्माण गर्नेजस्ता कार्य पनि महासंघको दायित्वभित्र पर्ने कुरामा पनि आगामी नेतृत्वले ध्यान दिने उनले बताए ।   

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक, निजी साझेदारीले मात्र देशमा द्रुत आर्थिक विकास सम्भव हुने बताएका छन् । उनले निजी क्षेत्रलाई साझेदारीको रुपमा राज्यले नलिँदासम्म देशमा द्रुत आर्थिक विकास असम्भव प्राय रहने धारणा राखे । दशे संघीयतामा प्रवेश गरेर तीन तहको सरकार बनेपछि राजनीतिक नेतृत्व आ–आफ्ना क्षेत्रमा लगानी र आर्थिक विकासका लागि इच्छुक रहेको भए पनि त्यस बमोजिम काम हुन नसकिरहेकोले आफू महासंघको आगामी नेतृत्वमा पुगेपछि देशभित्र लगानीको वातावरण निर्माणका लागि राज्य संयन्त्रसँगको समन्वयमा काम गर्ने बताए ।

राज्य–निजी क्षेत्रको साझेदारी नेपालजस्तो देशको विकासका लागि अत्यावश्यक रहेको प्रसंग उल्लेख गर्दै निजी क्षेत्रलाई साझेदार बनाएर सरकारले कृषि, पर्यटन, जलविद्युत तथा उद्योगधन्दामा लगानी बृद्धि गरी  विकास गर्नुपर्ने बताए । राज्य–निजी क्षेत्रको साझेदारीले मलेसियाको विकास भएको चर्चा गर्दै उनले पुराना नीति, नियम र कानुनलाई परिमार्जन गरी निजी क्षेत्रको लगानीको वातावरण तयार गर्न आग्रह गरे ।

यस्ता कानुन, नीति नियमको निर्माणमा निजी क्षेत्रसँग पनि आवश्यक परामर्श गर्न उनले तीनै तहका सरकारलाई सुझाए । उनले स्थानीय सीप, साधन र रोजगारीको प्रवद्र्धनले मात्र देशको आर्थिक विकास सम्भव रहेको भन्दै स्थानीय स्तरमा हुने मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिन पनि आग्रह गरे ।