२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ताबाट बन्चित



अ+ अ-

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् । रायाका तारावीर रावलले भने,“ नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । “भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो । ”

चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उनले गुनासो गरे । सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

उनले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताए । सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत् सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।