१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

ग्लोबल आइएमई बैंक, एफवीन र आईएलओबीच वित्तीय पहुँचसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक, एफवीन र आईएलओबीच वित्तीय पहुँचसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अ अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लि., महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल बीच महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पुर्याउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरलरुपमा वित्तीय पहुँच पु¥याउन संयुक्तरुपमा काम गर्नेछन्।

बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ ।

यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ ।