१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

कोरोना कहर : ठूलो सबस्टेशन निर्माण प्रभावित

कोरोना कहर : ठूलो सबस्टेशन निर्माण प्रभावित
अ अ+ अ-

काठमाडौं । नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सबस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सवस्टेशनको काम प्रभावित भएको छ । ‘ग्यास इन्सुलेटेड सवस्टेशन (जिआईएस)’का उपकरणको सञ्चालन परीक्षण गर्न कोरोना भाइरसले गर्दा चिनियाँ इञ्जिनीयर आउन नसक्दा सवस्टेशनको निर्माण प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर सवस्टेशन मुलुकभित्रको सबैभन्दा ठूलो सवस्टेशन भए पनि निर्माण सम्पन्न हुनै लाग्दा कोरोनाको प्रभावमा परेको हो ।

सवस्टेशनको उपकरण जडानमा खटिएका प्राविधिकले अहिलेकै अवस्थामा चिनियाँ इञ्जिनीयर निर्माण क्षेत्रमा आउन नसक्ने र आएको खण्डमा पनि काम नहुने अवस्था देखिएको छ । चीनबाट आएका इञ्जिनीयरलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुँदा तत्काल उनीहरु आउँदा पनि आयोजनाको काम करिब साढे एक महिना ढिला हुने देखिएको छ । आयोजनाले आजदेखि उपकरणको सञ्चालन परीक्षणको तयारी गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भइरसका कारण चिनियाँ इञ्जिनीयर आउन नसक्दा निर्माणको अन्तिम चरणमा पुगेको सवस्टेशनको काम प्रभावित भएको जानकारी दिनुभयो । “जिआइएस तथा अरु उपकरण जडान भइसकेका छन्, चीनमा उत्पादित उपकरण भएकाले सञ्चालन परीक्षणका लागि चिनियाँ इञ्जिनीयर आउनुपर्छ, कोरोना भाइरसका कारण उनीहरु आउन नसक्दा सवस्टेशन सञ्चालन हुने मिति धकेलिएको हो”, उहाँले भन्नुभयो ।

गत पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भएको सवस्टेशनको जाडोमा तराईमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित हुँदा करिब डेढ महिना ढिलाइ भइसकेको छ । पछिल्लो पटक आगामी चैतभित्र सवस्टेशन सञ्चालनमा ल्याउन लक्ष्य राखिएको छ । सवस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पूर्वाधार तयार हुनेछ । त्यसको साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ ।

सवस्टेशनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए छ । कूल २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सवस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन मिल्ने गरी संरचना बनाइएको छ । वर्षायाममा बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्न सकिनेछ । सो प्रसारण लाइनको क्षमता ४०० केभी रहेको छ ।

यस्तै, हिउँदमा आवश्यक परेमा ६०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्नसमेत मार्ग प्रशस्त हुनेछ । दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन २२० क्षमतामा मात्रै सञ्चालनमा रहेको छ । ढल्केबरमा ४०० केभीको सवस्टेशन निर्माण सम्पन्न भएपछि यो प्रसारण लाइनसमेत ४०० केभीमा सञ्चालन हुनेछ ।

प्राधिकरणका अनुसार सवस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । नेपाल सरकार र प्राधिकरणको करिब रु दुई अर्ब लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सवस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टेशन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

सवस्टेशन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इञ्जिनीएरिङले गरिरहेको छ । प्राधिकरण र कम्पनीबीच सवस्टेशन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि ४००÷२२० केभीको सवस्टेशन निर्माण गरिरहेको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सुदृढीकरण गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।