९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पतालमा भर्ना हुने भएकाले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन्। प्रधानम्नत्री ओलीले आइतबार साँझ पाँच बजेका लागि आकस्मिक बैठक डाकिएको हो।

आकस्मिक बैठकले कोभिड-१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे निर्णय गर्ने स्रोतको भनाई छ । यससम्बन्धमा अहिले मुख्यसचिव लोकदर्शन रेग्मीलगायत अधिकारीहरू सिंहदरबारमा छलफल गरिरहेका छन्।

मन्त्रिपरिषद्ले गर्न सक्ने अर्को निर्णय राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने हो। नेकपाको सचिवालय बैठकले यसअघि नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले तत्काल कसैको पनि नाम सिफारिस नगर्ने मनस्थिति बनाएकाले आज त्यसबारे निर्णय नहुन पनि सक्छ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। उनी केही दिन अस्पतालमै बस्ने भएकाले अरू दैनिक प्रशासनिक निर्णय पनि आजको मन्त्रिपरिषद्ले गर्न सक्छ।