१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

काठमाडौ‌ं उपत्यका घेर्न दश नयाँ सहर, मन्त्री रामवीरले ल्याए यी १८ योजना

काठमाडौ‌ं उपत्यका घेर्न दश नयाँ सहर, मन्त्री रामवीरले ल्याए यी १८ योजना
अ अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले १०० दिनमा भएका कामको जानकारी दिन मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा ३६ अर्ब ८५ करोड कूल बजेटमध्ये १३ अर्ब ६५ करोड खर्च भएको बताए। सञ्चालनमा रहेका आयोजनाको काममा गति दिइएको मन्त्री मानन्धरले सुनाए। कामको गति हेर्न अनुगमन र निर्देशनलाई समेत निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

पाँच अर्ब तीन करोडको लागतमा १२ भवनसहित निर्माणाधीन संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास र सभागृह निर्माणलाई तीव्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइएको राज्यमन्त्री मानन्धरले बताए। “बालाजुबाट भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने दगुर्नेपानीमा वर्षौँदेखि अल्झिएको मुआब्जा विवाद समाधान गराइएको छ, यो मार्ग भएर जाने काँठ क्षेत्रको आवागमनमा सहजता आएको छ, शेषमती–जरङ्कु–ठाँटी र माछापोखरी–बाइपास सडक कालोपत्र गराइएको छ” मन्त्रीले भने।

इचङ्गुनारायण जग्गा एकीकरण आयोजनाको प्रवेशमार्ग फराकिलो गर्न त्यस ठाउँमा रहेका घरजग्गाको मुआब्जा विवाद समाधान गरिएको मन्त्रालयले जनाएको छ। सरकारले घोषणा गरेका २७ नयाँ शहरमध्ये मध्यपहाडी लोकमार्गमा पर्ने १० शहर निर्माण अघि बढाइएको छ। राजधानी र देशका मुख्य शहरमा रहेका ट्राफिक जाम एवं पार्किङ समस्या समाधानका लागि पनि मन्त्रालयले सरोकार भएका निकायबीच समन्वय गरिरहेको जनाइएको छ। उपत्यकालगायत सबै शहरमा रहेको धुलोको समस्या समाधानका लागि पनि पहल भइरहेको छ।

राजधानीमा चक्रपथको काम नसकिएसम्म धुलो उड्ने समस्या समाधान गर्न नसकिने देखिएको मन्त्री मानन्धरले बताए। बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ। गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नति गर्न पहल गरिएको छ। तनहुँको व्यास–देवघाट–कालीगण्डकी कोरिडोर हुँदै दामोदरकुण्डसम्मको ८०० किमी लामो पर्यटकीय पदमार्ग निर्माणबारे मन्त्रालयले अध्ययन थालेको छ। उपत्यकाका भित्री सडकको मर्मतसम्भार खाल्डाखुल्डी पुर्ने काम पनि अघि बढाइएको छ। राजधानीको फोहर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमास्थलस्थित बञ्चरेडाँडामा स्यानेटरी ल्याण्डफिल साइट वैशाखमा मात्र सम्पन्न गर्न सकिने भएको छ।

यसअघि मन्त्रालयले फागुनमै पूरा हुने प्रतिबद्धता जनाएको थियो। स्वच्छ, सुन्दर र व्यवस्थित शहरीकरण विकासका लागि उपत्यकाका तीन जिल्लामा निर्माणाधीन चार शहरको विस्तृत परियोजना र प्राविधिक प्रस्ताव अध्ययन चालू अवस्थामा छ।

मन्त्री मानन्धरका १८ योजना

१. काठमाडौं उपत्यकाको फोहर दिर्घकालिन व्यवस्थापनका लागि निर्माणाधिन नुवाकोट र धादिङको सीमानास्थित बन्चरे डाँडा स्यानेटरी ल्याण्डफिल्ड साईटको निर्माणलाई तिब्रता दिन पुस १८ गतेपछि पटक पटक स्थलगत अनुगमन गरिएको छ। अनुगमनका साथै निर्माण कार्यलाई तिब्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनमा सहजीकरण गरिएको छ।

यस्तै फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगसँगै फोहरलाई छुट्याउनेर उर्जा र प्रांगारिक मल उत्पादन गर्ने र नसड्ने फोहरलाई भट्टीमा जलाई निस्किएको धुलोबाट निर्माण सामग्री जस्तैस् ईटार ब्लकर टायल लगायत निर्माण सामग्री बनाउन सकिने बहुउद्देश्यीय र बहुउपयोगी प्रविधि भित्र्याउनेबारे छलफल अगाडी बढाइएको छ। बन्चरे डाँडामा आगामी नयाँ वर्षदेखि फोहर विसर्जन गर्नेगरी कामलाई तिब्रता दिन आवश्यक व्यवस्था मिलाइएको छ।

२. आधुनिक युग र प्रविधिको विकाससँगै सबैको चाहना अनुरुपको स्वच्छ, सुन्दर र व्यवस्थीत शहरीकरणको विकासका लागि काठमाडौं उपत्यकाको तीनै जिल्लामा निर्माणाधिन चार नयाँ सहरहरुको डिपीआर लगायत प्राविधिक पक्षहरुको अध्ययन चालु अवस्थामा छ। ति शहर निर्माण आरम्भ गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिईएको छ।

३. काठमाडौं उपत्यकाको जनघनत्व कम गर्नका लागि उपत्यकासँगै जोडिएका जिल्लाहरुमा नयाँ शहर निर्माण थालनि गर्नका लागि सम्बन्धित पक्षहरुसँग निरन्तर छलफलमा जुटीरहेका छौं। बृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक बैकल्पिक सहर निर्माणको लागि प्रस्तावित टोखा९छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देबीघाट, रातमाटेहुँदै गल्छीसम्म र थानकोट-नौविसे निर्माणाधिन सुरुङ मार्गको नौविसेदेखि गल्छिसम्मको भू-भागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडी बढाएका छौं। नुवाकोटको छहरेदेखि धादिङको गल्छिसम्मको करीव ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे–बन्चरेहुँदै काठमाडौंको तीनपिप्ले-बालाजु जोड्ने करिब ३० किलोमिटर सहित जम्मा ६५ र ७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने बैकल्पिक राजमार्ग र चक्रपथ निर्माणका लागि सम्बन्धित पक्षसँग (सम्बन्धित जिल्लाका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेतओ) समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ। उक्त राजमार्गमा रहनेगरी नयाँ शहर निर्माणका लागि सम्बन्धीत जिल्लाका सांसदर स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलको क्रममा रहेको छ।

४. काठमाडौं उपत्यकाको जनचापको समुचित व्यवस्थापनको लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको छ। नुवाकोटको छहरे९थानसिंह, बट्टार९ बिदुरदेखि बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गँगटे९पिपलटार९बुहुनीबेसी–देबीघाट–महादेवफाँट–गल्छी नयाँ सहर र गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा–तीनपिप्ले नयाँ शहर निर्माणका लागि सरोकारवालासँग बृहत्तर योजनासहित गहन छलफल थालनि भएको छ। धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोबर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर शहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पना सहित छलफल आरम्भ गरीएको छ। यस्तै धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनि गरिएको जानकारी गराउँदछौं।

५. बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ। गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नती गर्नेको लागि पहल भएको छ।

६. तनहुँको ब्यास९देवघाट९कालीगण्डकी करिडोरहुँदै दामोदरकुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणबारे आवश्यक अध्ययन गर्न मन्त्रालयस्तरबाट आवश्यक छलफल थालनीमा रहेको जानकारी गराउँदछौं।

७. काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरहरुमा देखिएको अव्यवस्थीत पार्किङको समस्या समाधानका लागि पहल थालिएको छ। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउनका लागि सरोकारवालासँग पटक पटक छलफल गर्दै गुरुयोजनाको परिकल्पना गरिएको छ। काठमाडौं उपत्यकाको अव्यवस्थित पार्किङको समस्या दिर्घकालिन रुपमा समाधानका लागि लैनचौर, नारायणहिटी दरबार क्षेत्र, भृकुटीमण्डप, विष्णुमति, बागमति, धोविखोला करिडोरमा व्यवस्थित पार्किङ स्थल निर्माणका लागि आवश्यक छलफल प्रक्रियाको थालनी गरिएको छ।

८. काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गराईएको छ।

९. कलंकिदेखि चाबहिलसम्म निर्माणाधिन चक्रपथ विस्तारलाई ट्राफिक मैत्री बनाउन आयोजना निर्माण पक्ष र सो सँग सम्बन्धित पक्षहसँग आवश्यक सुझाव संकलन गरी कार्य अगाडी बढाउन छलफललाई तिब्रता दिईएको छ। अण्डरपास, फ्लाई ‌ओभर, सुरुङ लगायतका प्राविधिक विषयको सुझाव संकलन थालिएको छ।वागमतीमा मिसिने चक्रपथ अन्तर्गत शाखा नदीहरुको प्राकृतिक वहाव व्यवस्थापन पक्षबारे छलफल थालिएको छ।

१०. काठमाडौं उपत्यकाका भित्री सहरका सडकहरुको मर्मत सम्भार, खाल्डाखुल्डी पुर्ने लगायत अन्य व्यवस्थापकिय कार्यलाई तिब्रता दिन सरोकारवाला निकायसँग निरन्तर छलफल, अनुगमनसहित आवश्यक निर्देशन र कार्यान्वयनमा तिब्रता दिइएको छ।

११. उपत्यकामा धुवाँ र धुलो न्युनिकरणका लागि पहल थालिएको छ। अन्तर मन्त्रालय समन्वयलाई मजबुत गराउँदै समन्वयात्मक ढंगबाट अव्यवस्थित तवरबाट सडकमा थुपारिएका निर्माण सामग्रीहरु हटाउन निर्देशन दिने र आवश्यक कारबाहीका लागि प्रशासनलाई समेत निर्देशन दिइएको छ । भित्री सहरका सडक र मुख्य बजार क्षेत्रका सइकमा पिच गर्ने कामको मन्त्रालयबाट पहल गरिएको छ। फलश्वरुप धुलो नियन्त्रणको अवस्थामा पुगेको छ।

१२. काठमाडौंको उत्तरी क्षेत्र बालाजुदेखि भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दगुर्नेपानीमा वर्षौंदेखि अल्झीएको मुअब्जा विवाद समाधान गराईएको छ। यो सँगै उक्त बाटोहुँदै पुगिने काँठ क्षेत्रको आवागमन सहज हुने भएको छ। शेषमति–जरंकु–ठाँटी सडक कालोपत्रे गराईएको छ भने बालाजुको माछापोखरी(बाइपास सडकमा पिच गराईएको छ।यस्तै इचंगुनारायण जग्गा एकिकरण आयोजनाको प्रवेश मार्ग फराकिलो गर्नका लागि आवश्यक घर टहराको मुअब्जा विवाद समाधान एवं सो मार्ग विस्तारका लागि आवश्यक प्रयास भएको छ।

१३. नेपाल सरकारबाट घोषणा भएका २७ वटा नयाँ सहरहरुमध्ये मध्य पहाडी लोकामार्गमा अवस्थित कार्यलय स्थापना भई निर्माणकार्य अगाडी बढाइएका दसवटा नयाँ सहरहरु क्रमशस् तेह्रथुमको बसन्तपुर, पाँचथरको फिदीम, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, बागलुङको बुर्तीवाङ, तनहुँको डुम्रे भन्सार, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन शहर निर्माणका लागि मन्त्रालयबाट आवश्यक कामको थालनी भएको छ ।

१४. मन्त्रालय र अन्तर्गत संस्थागत आवश्यकता अनुरुप जनशक्ति व्यवस्थापनको लागि संगठनात्मक सर्वेक्षण को थालनी गरिएको छ। मन्त्रालय र अन्तर्गत कार्यरत अस्थाईरकराररज्यालादारी कर्मचारीको विवरण एकिन गरी अध्यावधिक गर्ने कार्य गरिएको छ।

१५. ५ अर्व ३ करोड लागतमा १२ वटा भवन सहित निर्माणाधीन संसद भवनर मन्त्री निवासर मुख्यमन्त्री निवासर सभाहलको निर्माणलाई तिब्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाईएको छ।

१६. आब २०७६–०७७ को दोस्रो चौमासिक अवधीमा ३६ अर्व ८५ करोड कूल बजेठ मध्ये १३ अर्व ६५ करोड खर्च भएको छ। वित्तिय प्रगति ३७५ रहेकोमा संचालनमा रहेको आयोजना र कामहरुको गतिलाई थप गतिशिल बनाउन अनुगमन र निर्देशन दिइएको छ। स्रोत र साधनको समूचित परिचालन गरी उद्देश्य अनुरुपको लक्ष्य हासिल गर्न क्रियाशिल रहेका छौं।

१७. मन्त्रालय मातहत चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक निर्देशन सहित स्रोत र साधनको समेत परिचालन गरिएको छ।

१८. शहरी विकास मन्त्रालयको आन्तरिक व्यस्थापन र कार्यसम्पादन क्षमतालाई अभिबृद्दी गरी नमुना मन्त्रालयको रुपमा स्थापित गर्न हर तरहको प्रयास गरिरहेका छौं। थाहा खबर