२१ आश्विन २०८१, सोमबार
,
Latest
हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट बच्न मास्कको प्रयोग कसरी गर्ने ?



अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६१ देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको छ । हालसम्म विश्वभर ८५ हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्  । कोरोनाकै कारण दुई हजार नौं सय ३३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मास्क लगाउनको लागि सम्पुर्ण देशका नागरिकहरुलाई आहवान गरेका छन् । तर डब्लुएचओले मास्क कुन समयमा र कसरी प्रयोग गर्ने भन्नेबारेमा यस्तो बताएका छन् ।

मास्क कुन समयमा प्रयोग गर्ने ?

  • यदि तपाई स्वस्थ हुनुहुन्छ भने मास्कको प्रयोग नगरे पनि हुन्छ तर यदि तपाई संक्रमित व्यक्तिको आसपास हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाउनुहोस्
  • ज्वरो आएमा
  • खोकी लागेमा
  • श्वास प्रश्वासमा अपठ्यारो महसुस भएमा

मास्क कसरी प्रयोग गर्ने ?

  • मास्क लगाउन अघि अल्कोहल सहितको सावुन पानीले मजाले हात सफा गर्नुहोस्।
  • मुख र नाक मास्कले ढाक्नुहोस् र निश्चित गर्नुहोस् कि तपाईंको अनुहार र मास्कको बीचमा कुनै खाली ठाँउ छैन ।
  • मास्क प्रयोग गर्दा मास्कलाई छोई नबस्नुहोस् यदि छुनुभयो भने तुरुन्तै आफ्नो हात साबुन र पानीले सफा गर्नुहोस् ।
  • तपाईले प्रयोग गर्नुभएको मास्क ओसिलो हुने बित्तिकै नयाँ मास्क बदल्नुहोस् र पुनः त्सस मास्कलाई प्रयोग नगर्नुहोस् ।
  • मास्क हटाउनका लागि यसलाई पछाडिबाट निकाल्नुनुहोस् (मास्कको अगाडि नछुनुहोस्) र त्सलाई तुरुन्त व्यवस्थित गर्नुहोस् ।