१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

कोरोनाबाट बच्न मास्कको प्रयोग कसरी गर्ने ?

कोरोनाबाट बच्न मास्कको प्रयोग कसरी गर्ने ?
अ अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६१ देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको छ । हालसम्म विश्वभर ८५ हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्  । कोरोनाकै कारण दुई हजार नौं सय ३३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मास्क लगाउनको लागि सम्पुर्ण देशका नागरिकहरुलाई आहवान गरेका छन् । तर डब्लुएचओले मास्क कुन समयमा र कसरी प्रयोग गर्ने भन्नेबारेमा यस्तो बताएका छन् ।

मास्क कुन समयमा प्रयोग गर्ने ?

  • यदि तपाई स्वस्थ हुनुहुन्छ भने मास्कको प्रयोग नगरे पनि हुन्छ तर यदि तपाई संक्रमित व्यक्तिको आसपास हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाउनुहोस्
  • ज्वरो आएमा
  • खोकी लागेमा
  • श्वास प्रश्वासमा अपठ्यारो महसुस भएमा

मास्क कसरी प्रयोग गर्ने ?

  • मास्क लगाउन अघि अल्कोहल सहितको सावुन पानीले मजाले हात सफा गर्नुहोस्।
  • मुख र नाक मास्कले ढाक्नुहोस् र निश्चित गर्नुहोस् कि तपाईंको अनुहार र मास्कको बीचमा कुनै खाली ठाँउ छैन ।
  • मास्क प्रयोग गर्दा मास्कलाई छोई नबस्नुहोस् यदि छुनुभयो भने तुरुन्तै आफ्नो हात साबुन र पानीले सफा गर्नुहोस् ।
  • तपाईले प्रयोग गर्नुभएको मास्क ओसिलो हुने बित्तिकै नयाँ मास्क बदल्नुहोस् र पुनः त्सस मास्कलाई प्रयोग नगर्नुहोस् ।
  • मास्क हटाउनका लागि यसलाई पछाडिबाट निकाल्नुनुहोस् (मास्कको अगाडि नछुनुहोस्) र त्सलाई तुरुन्त व्यवस्थित गर्नुहोस् ।