१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

गत वर्षको तुलनामा कम हुँदै आपराधिक घटना

गत वर्षको तुलनामा कम हुँदै आपराधिक घटना
अ अ+ अ-

भक्तपुर । केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष २०७५/०७६ र चालु आव २०७६/०७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्याङ्क सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो ।

प्रहरीले सार्वजनिक तथ्याङ्कका बारेमा जानकारी दिँदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जिल्लामा कर्तव्य ज्यान, सवारी ज्यान, चोरीडाँंका, लुटपाट, अपहरण, लागुऔषध, जबर्जस्ती करणीलगायतका आपराधिक घटनामा कमी आएको जानकारी दिनुभयो ।

आव २०७५/०७६ मा अपराध सम्बन्धी ६७९ वटा मुद्दा दर्ता भएकोमा चालु आव २०७६/०७७ को माघसम्ममा ४५९ मात्रै मुद्दा दर्ता भएका छन् । उहाँले गत वर्षको साउनदेखि माघसम्ममा हत्याका पाँंच वटा घटना भएकामा यस वर्षको यो अवधिमा एउटा मात्रै हत्याको घटना घटेको जानकारी दिनुभयो ।

त्यस्तै गत वर्ष सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएकामा चालु आवको सोही महिनासम्ममा दुर्घटनामा १७ जनाको ज्यान गएको र यसमा पनि कमी आएको उहाँको भनाइ छ । अपहरणतर्फ भने गत वर्ष एकवटा अपहरणका घटना घटेकोमा यस वर्षको माघसम्म पनि एक वटा घटना घटेको छ । गत आवमा जबर्जस्ती करणीका ३४ घटना घटेकोमा चालु आवको माघसम्म २१ घटना घटेको जानकारी दिँदै यो सङ्ख्यालाई बढ्न नदिने गरी प्रहरी परिचालन भएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा ३६ लागुऔषधका घटना घटेकोमा चालु आवको माघसम्ममा १० वटा घटना भएको छ । तथ्याङ्कले गत आवको माघसम्म ९९ चोरी डकैती एवं लुटपाटका घटना भएकोमा चालु आवको यही महिनासम्ममा ५५ मात्रै यस्ता घटना भएको देखाएको छ । बैंकिङ कसुरतर्फ भने गत आवको तुलनामा यो आवको माघसम्म बढेको पाईएको छ । गत आवको माघ महिनासम्ममा ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा चालु आवको माघसम्म त्यो सङ्ख्या बढेर ८२ मा पुगेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जिल्लाको शान्ति सुरक्षालाई चुस्तदुरुस्त पारेकाले घटना कमी भएको दाबी गर्नुभयो । उहाँले जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको, प्रहरी परिचालनलाई व्यवस्थित गरिएको, हरेक क्षेत्रमा निगरानी बढाएको, प्रहरीलाई अपराध न्यूनीकरणसम्बन्धी विभिन्न तालीम प्रदान गरिएका कारण आपराधिक घटनामा कमी आएको बताउनुभयो ।