२१ आश्विन २०८१, सोमबार
,
Latest
हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरलाई ध्रूम्रपानरहित शहर बनाईँदै



अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिनुभयो । उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताउनुभयो ।

अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए÷नभएको अनुगमन गरिरहेको छ । शैक्षिक सङ्घसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन् ।

महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आइएको छ । अनुगमनका क्रममा ३५ पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुईजना व्यक्तिलाई समेत कारवाही गरेको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकालाई ध्रुम्रपानरहित शहर (स्मोक फ्री सिटी) बनाइँदैछ ।आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको हो ।

महानगरप्रमुख रेनु दाहालका अनुसार ध्रम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उहाँले भरतपुर महानगरलाई ‘स्मोक फ्री’ सिटी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय तथा ध्रुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ । होटल रेष्टुरेन्टहरुमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ । तोकिएको स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ ।