२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजाखेतीलाई वैधता दिन पूर्वमन्त्री तामाङले दर्ता गरे ‘प्राइभेट बिल’



अ+ अ-

काठमाडौं । गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।

पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गर्नुभएको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेति गर्न पाउने उल्लेख छ । तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकाले किसानहरुको संगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना हुने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपालपनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने उहाँले बताउनुभयो । अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ । कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने उहाँले बताउनुभयो । गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने बताउनुभयो ।