२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुन बालुवाटारमा, प्रधानमन्त्रीलाई दिए स्वास्थ्यलाभको कामना



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

प्रेस संयोजक घर्तीका अनुसार उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो । विसं २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार भएको थियो ।

प्रधानमन्त्रीको तेह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको डायलोसिस गराउँदै आउनुभएको छ । उहाँको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी छ ।