१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

सामसङको नयाँ स्मार्टफोन प्रि अर्डर

सामसङको नयाँ स्मार्टफोन प्रि अर्डर
अ अ+ अ-

काठमाडौं । सामसङले ल्याएको दुई नयाँ स्मार्टफोनको नेपाली बजारमा प्रि अर्डर खुला गरेको छ ।

सामसङ नेपालले ग्यालेक्सी एस२० र एस२० प्लसको प्रि अर्डर फागुन १४ गतेबाट खुला गरेको जानकारी दिएको छ । नेपालमा फागुन ३० गतेबाट मात्रै उक्त फोनहरु उपलब्ध हुनेछन । यद्यपी प्रि अर्डर गरेका उपभोक्ताहरुले भने सो मितिभन्दा अगाडी नै पाउनेछन् ।

सामसङको ग्यालेक्सी एस२० सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले बताउनुभयो । फ्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले फोटो तथा भिडियो खिच्न सजिलो बनाउने उहाँले बताउनुभयो । फोटोका लागि ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ । ३०एम्स जुम सिस्टम पनि दुबै फोनमा रहेको छ । सामसङको यो सिरिजको फोनबाट ८के सम्मको भिडियो रेकर्डिङ गर्न सकिने छ, जुन विश्वका अन्य फोनहरुमा नभएको उसको दावी छ ।

फोनको अग्रिम अर्डर अवधिमा नेपाका कुनै पनि सामसङ स्टोरमा ५ हजार अग्रिम जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस२०प्लस अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी ५ हजार ९ सय ९९ मा खरिद गर्न सक्नेछन् । एस२० को अग्रिम बुकिङ गर्नेहरुले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस खरिद गर्न सक्नेछन् । ३२ इन्चको टिभी ८ हजार ९ सय ९९ मा खरिद गर्न सक्ने सामसङले जनाएको छ । आग्रिम अर्डर गरेका ग्राहकहरुले एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकहरुबाट किस्ता (एएमआइ) पनि उपलब्ध हुने छ । लक्की ड्रका लागि अग्रिम बुकिङ गर्ने ग्राहकहरु स्वतः योग्य हुने बताइएको छ । जसमा विजेताहरुले टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फि बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टि २, केजीएच ग्रुपको वाटार फ्रन्ट रिसोर्ट वा हिमालय फ्रन्ट होटलमा दुइ रात बास बस्न पाउनेछन । तयसैरी लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन पनि पाइने बताएको छ । एस२० को मूल्य १ लाख ७ हजार ४ सय ९९ र एम२०प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रहेको छ ।