१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी

डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी
अ अ+ अ-

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिनुभयो ।

“पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि भने छैन ।”

अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन् । गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको उहाँले जानकारी दिनुभयो । उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन् ।

उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताउनुभयो । “एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्” उहाँले भन्नुभयो ।

उक्त लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन् । केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिकजसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिनुभयो ।

यस्तै काम विशेषले काठमाडौँ गएर गाँउ फर्केका व्यक्तिबाट रोग फैलिएको र एक घरमा दुई जनासम्म बिरामी परेका स्थानीय ताम्बा लामाले बताउनुभयो । भर्खरै चिसो मौसमबाट गर्मी मौसम शुरु भएकाले रोग मौसमी फ्लुसमेत हुनसक्ने स्थानीय स्वास्थकर्मीको आशङ्का छ ।

अज्ञात रोगका कारण गाउँनै थला परेको खबर पाएपछि प्रहरी र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा गइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । स्थानीय जयबहादुर लामा र ताम्बा लामा निवेदन सहित गाँउमा स्वास्थ्यकर्मी औषधिसहित पठाउन माग गर्दै नगरपालिका कार्यालय पुग्नुभएको थियो ।