२८ श्रावण २०८३, बिहीबार
,
Latest
कांग्रेस निवर्तमान सभापति देउवा आज काठमाडौं फर्कँदै जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि



अ+ अ-

काठमाडौं: विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन् ।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गते भित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताउनु भयो । उहाँले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

नेता केसीले भन्नुभयो,‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ । यो कार्यतालिका कहीँ पनि प्रभावित भयो । १६ गते प्रभावित नहुन सक्छ । १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ । यो चाँही हामीले महामन्त्रीलाई भेटेर फेरी पनि हामीले भन्नुपर्छ । त्यो कार्यतालिका प्रभावित भयो भने २८ गते भित्र हाम्रो विशेष महाधिवेशन बस्ने हो । विशेष महाधिवेशन हुनुपर्छ । त्यसका लागि हामी सबै तयार हुनुपर्छ ।’

काँग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरु आफैँले गल्ती गरेको समेत बताउनु भयो ।

सभापति श्रेष्ठले भन्नुभयो,‘हाम्रो विशेष अधिवेशनको तालिका छदैछ । त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौ । तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधिहरु आएपछि हामी आधिकारिक हौ भन्ने हुन्छ । हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ  । त्यसैकारण मेरो अनुरोध मैले शुरुमा पनि भनेको थिए–हामीले नियमित भन्न हुँदैन थियो ।’

सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल