२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम र चार्ल्सवर्थको अर्धशतकमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजके पहिलो खेलमा काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो ।

काठमान्डुको लागि भीम सार्कीले आक्रमक ब्याटिङ गरे । उनले १९ बलमै अर्धशतक पूरा गरे । उनले २२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए । यस्तै, चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । छैटौं विकेटका लागि भीम र चार्ल्सवर्थले ८४ रनको साझेदारी गरे ।

यस्तै, ओपनर आकाश त्रिपाठी शून्यमा आउट हुँदा रशिद खानले ७ रन, मिलिन्द कुमारले १३, जोन सिमसन २ र आदिल अन्सारीले ७ रन जोडे ।

बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिँदा कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले १/१ विकेट हात पारे।